२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले न्याय दिन सकेन : सभापति देउवा

अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा शान्तिसुरक्षा र न्याय दिलाउने सवालमा सरकार असफल भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले शान्तिसुरक्षा जताततै खल्बलिएकोे अवस्थाले मुलुकमा सरकार नरहेको अनुभूत भइरहेको आरोप लगाए । सभापति देउवाले भने, ‘शान्तिसुरक्षाको स्थिति के छ, सबैलाई थाहा छ, देशभर हत्या र बलत्कारको घटना भएका छन्, दोषीलाई लुकाउन खोजिएको छ, होइन भन्ने हत्यारा किन पत्ता लगाउन सकिएको छैन, कुनै व्यक्ति विशेषलाई जबर्जस्ती फसाउने काम भएको छ ।’

संघीयता कार्यान्वयनसम्बन्धी कानून निर्माणमा सरकारले चासो नदिएकाले संघीयतासम्बन्धी कुनै कानून बन्न नसकेको बताउँदै उनले भने, ‘सरकारले दलित, मधेशी, आदिवासी जनजातिलाई विश्वासमा लिन सकेको छैन, मधेशको मुद्दालाई सम्बोधन गर्ने पाटोमा सरकार उदासीन छ ।’

डा गोविन्द केसी लगायतसँग सम्झौता गर्ने कार्यान्वयन नगर्ने कुराले सरकार संविधान पालना गर्दैनन् भन्ने स्पष्ट भइसकेको जनाउँदै सभापति देउवाले भने, ‘सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकारको तत्परता छैन ।’

विवादित संस्थाले आयोजना गरेको कार्यक्रमलाई सरकारले सघाएको आरोप लगाउँदै उनले भने, ‘सरकार र राज्यको कुनै धर्म हुन्छ रु त्यो घटनाले सरकार कता जाँदैछ भन्ने स्पष्ट भएको छ, आफ्नो सरकारको पालामा ल्याइएको सामाजिक सुरक्षाको कार्यक्रमलाई मैले ल्याएको भन्न मिल्छ ?

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले जनताको नजरमा सरकारको छवि राम्रो नभएको तथा उनीहरूले लोकतन्त्रको अनुभूति गर्न नपाएका भन्दै शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधारका काम गर्न नसकिएका र जनता आधारभूत सेवाबाट वञ्चित भएका बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले अधिवेशनमा नै आवश्यक सबै कानून बनाउनुपर्ने, देशमा सुशासन कायम गर्ने, अपारदर्शी आर्थिक गतिविधि अन्त्य गर्नुपर्ने, नेपाल वायु सेवा निगमका निम्ति ‘वाइड बडी’ विमान खरीदलगायत विकास–निर्माणका आयोजनामा पनि सुशासन कायम हुन नसकेको औँल्याए ।

राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले आफ्ना पार्टीका निर्वाचित सांसदलाई यतिका समयसम्म निर्वाचित भएको शपथ नगराएर भेद्भाव गरेको गुनासो गरे । उनले भने, ‘हाम्रो सहनशीलतालाई कम्जोरी नठान्नुस्, २ तिहाइको सरकारले जनताको काम गरोस् ।’