२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालिकोटमा आगलागी हुँदा ३० घर जलेर नष्ट

अ+ अ-

कालिकोट । कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको छ ।

आगो नियन्त्रणमा आउन सकेको छैन । न्यौपाने बस्तीमा आगलागी हुँदा अहिलेसम्म ३० घर जलिसकेको बताइएको छ । पूरै घर खरको छाना भएको खाडाको न्यौपाने बस्तीमा आगलागी हुँदा ठूलो धनजनको क्षति भएको छ ।

मध्य राति आगलागी शुरु भएपनि क्षतिको यकिन हुन सकेको छैन । इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालिकाको जारकोट इलाका प्रहरी चौकीबाट त्यहाँ प्रहरी खटाइएको छ । प्रहरीलाई त्यहाँ पुग्न चार घण्टाको समय लाग्ने भएकाले त्यहाँको क्षतिको यकिन विवरण आउन अझै केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए।

गए रातिदेखि टेलिफोन सम्पर्क पनि राम्रो नभएका कारण घटनाको सत्यतथ्य बुझ्न पनि निकै कठिन भएको छ । पलाता गाउँपालिकाका उपाध्यक्ष दाना न्यौपानेको गाउँमा रहेका सबै घर जलेको हो । जिल्ला सदरमुकामबाट ३२ कोषको दूरीमा पर्ने उक्त बस्तीमा सदरमुकामबाट पीडितलाई उद्धार गर्न सशस्त्र प्रहरी पनि खठाइएको छ ।

गए रातिनै पलाता गाउँपालिकाको निर्माण कार्यदल त्यहाँ पुगेको छ । सुख्खा क्षेत्र भएको र फुसको छाना भएको बस्तीमा आगलागी हुँदा आगो नियन्त्रण बाहिर गएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए ।