२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाइजो लिनु र दिनु पाप हो : मुुसलमान समुदाय

अ+ अ-

विराटनगर । दाइजोलाई हराम (अवैध) मानेका मुसलमान समुदायमा पछिल्लो समयमा दाइजो प्रथाले विकराल रूप लिँदै आएको छ ।

कुनै समयमा बिना लेनदेन आपसी सल्लाह र समझदारी हुने विवाह अहिले दाइजो प्रथाले जरा गाड्दै गएपछि मुसलमान समुदाय पनि चिन्तित छन् ।

दाइजो लिनु र दिनु दुवै हराम मानेका मुसलमानहरू किन दाइजो लिन तम्सेका छन् आश्चर्य मान्दै मुसलमान धर्म गुरु मौलाना गुलाम रसुल भन्छन्, “पवित्र धार्मिकग्रन्थ ‘कुरान’ को उपहास गर्ने मुसलमानलाई अल्लाहले माफ गर्ने छैन ।”

दाइजो प्रथा आफैँमा अस्वीकार्य कुरा हो, तर पनि दाइजो दिन मुसलमान समुदायका मानिस बाध्य छन् । दाइजोमा मुसलमान समुदायका मानिसले अहिले नगद, मोटरसाइकल, जिन्सी सामान र फर्निचरका सामान माग्ने गरेका छन् ।

समुदायमा केहीले जवान छोरीलाई घरमा राख्नुभन्दा दाइजो दिएर विवाह गर्नु नै उत्तम हो भन्ने मान्यता राख्न थालेका छन् । दाइजोले उग्ररूप लिएपछि प्रदेश नं २ को वीरगञ्जबाट शुरु भएको दाइजोविरुद्धको १० दिने अभियानकै क्रममा मोरङको धनपाल गाउँपालिकामा इस्लामी सङ्घ मोरङले शनिबार एक र्‍याली निकाली दहेज (दाइजो)को विरोध गरेका छन् ।

‘छोरीलाई दाइजो होइन, पैतृक सम्पत्तिमा अंश दिऊ’ भन्ने नाराका साथ मोरङका मुस्लिम समदाय दहेज विरुद्ध अभियानमा जुटेका छन् । दाइजोको विरोध गर्दै मोरङको कर्सियामा निस्केको र्‍यालीपछि भएको कोणसभामा मुसलमान अगुवाले दाइजो लिनु र दिनु दुवै पाप हो भनेका छन् । अगुवा तथा स्थानीय प्रतिनिधिले अबदेखि छोराछोरीको विवाहमा दाइजो नलिने र नदिने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

धनपालथान गाउँपालिका–६ का वडाध्यक्ष मोहमद हुसेनले दाइजो प्रथाको अन्त्यका लागि अभियान शुरु गरेको भन्दै अभियानलाई घरघरसम्म पुर्‍याउनेमा जोड दिए । धर्मगुरु मौलान सयदले दाइजोविरुद्धको अभियानलाई सफल बनाउन यसको शुरुआत परिवार र समुदायबाट हुनुपर्ने बताए ।

धनपालथान गाउँपालिकाका–४ का वडाध्यक्ष रोशन राजवंशी, सामाजिक अगुवा अश्विनी मण्डललगायतले उमेर नपुगी छोराछोरीको विवाह गर्ने र दाइजो दिने र लिनेलाई सामाजिक बहिष्कार गर्नुपर्नेमा जोड दिए ।

इस्लामी सङ्घको आयोजनामा निस्किएको ¥यालीले कर्सिया बजारको परिक्रमा गरेको थियो । यो अभियान मोरङको १७ वटै स्थानीय निकायमा शुरु भएको कार्यक्रममा जानकारी गराइएको थियो । यो अभियान विगतमा सुनसरीको सोनापुर छताबेलीबाट पनि शुरु भएको थियो र अभियानमा लागेका मानिसले नै आफ्ना छोराको विवाहमा हाकाहाकी दाइजो लिन थालेपछि यो अभियान बीचमै तुहिएको थियो ।

दाइजो दिने प्रथा सुनसरी, मोरङ र झापाभन्दा पश्चिमका जिल्लामा तीव्रता देखिएकाले दाइजोको लोभ सुनसरी र मोरङमा धेरै मुसलमान समुदायका मानिस आफ्ना छोराका विवाह उतै गर्न तम्सिरहेका हुन्छन् ।

हाजी मोहम्मद अब्दुल भन्छन्, “अशिक्षा र अज्ञानताका कारण दाइजोले समुदायमा जरा गाड्न थालेपछि आफ्ना छोराछोरीलाई असल शिक्षा दिएर यसलाई पुरानै अवस्थामा फर्काउनु पर्छ ।”