महेन्द्रनगर । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको आज १५० दिन पुगेको छ । हालसम्म कुनै पनि बलात्कार हत्यामा संलग्न व्यक्ति पक्राउ भएको छैन ।
प्रहरीले दर्जनौं व्यक्तिलाई नियन्त्रणमा लिइ सोधपुछ गरिसकेको छ । एक दर्जन भन्दा बढीको डिएनए समेत जाँच गराइ सकेको छ । हत्यारा भने पत्ता लगाउन सेको छैन ।
हत्यारा पत्ता लगाउन नसककेको भन्दै आज विरोधस्वरुप काठमाडौंको नयाँ बानेस्वरमा प्रदर्शन गरिने भएको छ । सडकमा ‘दण्डहिनताको १ सय ५० दिन’ लेखेर विरोध जनाइने परिवर्तनका लागि युवा अभियान नेपालले जनाएको छ।
प्रदर्शन आज दिउँसो ३:३० बजे गरिने जनाइएको छ ।
निर्मलाको गत साउन १० गते हत्या भएको थियो। हत्या भएको भोलिपल्ट मात्रै उनको शव नजिककैको उखुबारीमा भेटिएको थियो।







