काठमाडौं । सामुद्रिक चत्रवातका कारण नेपामा पनि चिसो बढेको छ । बंगालको खाडीबाट विकसित भएको सामुद्रिक चक्रवातका कारण नेपालमा देशैभर चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजोबाट चिसो बढेपनि देशका पूवी भागमा राति हल्का वर्षा भएको र काठमाडौंमा पनि दिउँसोसम्म वर्षा हुनसक्ने अनुमान गरिएो महाशाखाले जनाएको छ ।
सोमबार यस वर्षकै चिसो दिन भएको र काठमाडौंमा न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियस थियो ।
भारतमा आएको फेथाइ नामको सामुद्रिक भक्रवातले नेपालमा भिसो वृद्धि भएको जनाइएको छ ।







