२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक यातायातमा पाकेटमारी गर्ने सात पक्राउ

अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने सात जनालाई पक्राउ गरेको छ ।

वृत्तबाट सादा पोशाकमा खटिएको टोलीले चक्रपथस्थित बसुन्धरा खण्डमा विगत पाँच महीनादेखि पाकेटमार तथा लुटपाट गर्ने काभ्रेका विकास श्रेष्ठ, साइला तामाङ, विवेक तामाङ, धादिङका कुमार मिजार, मकवानपुरका अञ्जन पाख्रिन, सिन्धुपाल्चोकका पूर्णबहादुर विक र सिन्धुपाल्चोककै सुकमान गदललाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विगत पाँच महीनादेखि सार्वजनिक सवारीसाधनमा चढेर पाकेटमार तथा गरगहना लुट्ने कार्यमा संलग्न रहेकाले उनीहरुलाई आइतबार पक्राउ गरिएको जानकारी दिए । “विगत लामो समयदेखि सार्वजनिक यातायातमा पाकेटमारी हुने गरेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएका हौँ”, उनले भने ।

प्रहरीले पक्राउ गरेका सात जनासँग ७० हजार ५०० नेपाली र भारु पाँच हजार ५००, विभिन्न देशका नोट ३० थान, विभिन्न कम्पनीका मोबाइल सात थान र गाँजा २०० ग्राम बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । रासस