२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चित्रमार्फत विश्व शान्तिको सन्देश प्रवाह

अ+ अ-

लुम्बिनी । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा पुगेका सात देशका ४० चित्रकारलाई बुद्धको सन्देशले मन छोयो ।

लुम्बिनी विश्व शान्तिको प्रतीक भन्ने कुरा सुनेका चित्रकारलाई बुद्धभूमिको स्थलगत अनूभूतिले थप उत्साहित बनायो । करीब २० विदेशीसहितका चित्रकारले चित्रमार्फत नै विश्व शान्तिको सन्देश प्रवाह गरे ।

“दृष्य फरक तर अनुभूति एक भयो, बङ्गलादेशकी चित्रकार फारिसा महम्मदले भने, वातावरण नै सुन्दर र शान्त छ ।’ उनले भनेबुद्धभूमिलाई आफ्नै गाउँघरको अनुभूति महसुस गराएको बताए । जलरङले फूलहरु उजिल्याउने फारिसालाई बुद्ध भूमिका दृष्यले आकर्षित गरायो र बोधिवृक्षसहितको चित्र उतारे ।

दुई हजार ५६२ वर्ष पहिला सुन्दर र पवित्र बगैँचामा मायादेवीको कोखबाट बुद्धको जन्म भएको भूमि संसारभरिका बौद्धमार्गी तथा शान्तिप्रेमीका बीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । यो सन् १९९७ देखि विश्व सम्पदा सूचीमा समावेश भएको थियो ।

मौर्य सम्राट अशोकले इ।पु।२४९ मा लुम्बिनीको तीर्थयात्रा गर्दा शाक्यमुनि बुद्ध लुम्बिनीमा जन्मनुभएको थियो भन्ने शिलालेखसहितको ढुङ्गाको स्तम्भ खडा गरेका थिए । यहाँको धरोहरमध्ये मायादेवी मन्दिर प्रमुख आकर्षणको केन्द्र हो । मन्दिरभित्रका भग्नावशेष इशापूर्व तेस्रो शताब्दीदेखिका छन् । त्यसैले विदेशी चित्रकारलाई मायादेवी मन्दिरले उद्देलित बनायो ।

न्युजिल्याण्डकी जिनेट वाङलाई लुम्बिनी साँच्चीकै शान्तिभूमि लाग्यो । सुन्दर बगैँचा, विभिन्न देशका स्तुपा र चैत्यसहितको सबै धर्मावलम्बीको आस्थाको समन्वय रहेको उल्लेख गर्दै जिनेटले भने, ‘जसरी मायादेवी मन्दिर दर्शनमा मानिसको आकर्षण छ, त्यसैगरी मलाई आकर्षण गरायो ।’ उनले लुम्बिनीका धेरै तस्वीर कैद गरेकाले फर्किएपछि पनि चित्र बनाउने बताए ।

मायादेवी मन्दिर छेउमा अशोकस्तम्भ छ । दक्षिणमा पवित्र पुष्करिणी पोखरी र सँगै बोधिवृक्ष छ । मायादेवीले बुद्धलाई जन्म दिएपछि पुष्करिणीमा नुहाएको र बुद्धलाई पनि प्रथम स्नान गराई शुद्ध बनाई बोधिवृक्षको फेदमा आराम गरेको भन्ने भनाइ रहेको यहाँको एक पुजारी योगेन्द्रनाथ पाण्डे बताउछन् ।

लुम्बिनीमा पवित्र उद्यान, विहार क्षेत्र र लुम्बिनी ग्राम छन् । आध्यात्मिकता, शान्ति, विश्व भ्रातृत्व र अहिंसाको वातावरण सिर्जना गर्नु लुम्बिनीको उद्देश्य हो । सांस्कृतिक अनुसन्धान केन्द्र तथा पुस्तकालय, सभागृह र सङ्ग्रहालय छ जसबाट बौद्धधर्मसम्बन्धी अध्ययन तथा अनुसन्धानकर्तालाई सहयोगी छ । बुद्धको जन्मस्थल र लुम्बिनीको सम्बन्धमा यो अशोक स्तम्भमा कुँदिएका शिलालेख नै सबैभन्दा महत्वपूर्ण आधिकारिक तथा ऐतिहासिक प्रमाणको अभिलेख हो ।

लुम्बिनी आएका चित्रकारले लुम्बिनीको मायादेवी मन्दिर आँगनमा इजल (चित्रधार) ठड्याएर आर्ट पेपर (ह्याण्डमेट पेपर) मा कुचीमा जलरङ भर्दै शान्तिभूमिका चित्र उतारे ।बङ्गलादेशका चित्रकार कौशर हुसेनले मायादेवी मन्दिर छेउमा रहेको बुद्धले शिक्षा दिने घरका भग्नावशेषसहितको दृष्य चित्रमा उतारे । वास्तवमै शान्तिभूमि लुम्बिनी हो भन्दै हुसेनले चित्रमार्फत नै विश्व शान्तिको सन्देश प्रवाह गर्ने बताए ।

मङ्गोलियाका मुक्खु गुगुलाई मायादेवीले बुद्धको जन्म दिएपछि आराम गरेको बोधिवृक्षसहितको सुन्दरता चित्रमा उतार्नुभयो । यसमा पूजा गरे शान्ति मिल्छ, बुद्धि, ज्ञान बढ्छ भन्ने अनुयायीबाट थाहा पाएपछि उनले त्यसैलाई चित्रमा उतारे । उनले पनि बुद्धको सन्देश फैलाउने अठोग गरेका छन् । ‘धेरै तस्वीर छन्, त्यसलाई पालैपालो चित्रमार्फत प्रस्तुत गर्ने छु’, गुगुले भने ।

भारतका अमित कपुरले मायादेवी मन्दिरलाई केन्द्रमा राखेर बोधिवृक्ष, अशोक स्तम्भ र पुष्करिणी पोखरीसहितका बौद्धमार्गीको तस्वीर कैद गरे । साँच्चै शान्तिभूमि ठाउँ भएको उल्लेख गर्दै कपुरले भने,’यहाँ आउँदा फरक अनूभूति भयो, सुन्दर र शान्तिपूर्ण वातावरण छ ।’ भारतका चित्रकार अमलेश मजुमदार र प्रशान्त कटवालाई पनि शान्तिभूमिले प्रभावित बनायो ।

“स्पर्श गर्दा मेरो आत्मा नै शान्त भयो, यस्तो क्षेत्र विश्वमै देखेको छैन, ध्यान योग गर्न मन लाग्यो मजुमदारले  भने । उनले पानी रङले चित्र कोर्न धेरै राम्रो ठाउँ भएको भन्दै यत्रतत्र टाँगिएको लुन्दर (ध्वजापतका) सहितका दृष्यलाई चित्रमा उतारे । अर्को चित्रकार प्रशान्तले लुम्बिनी सुनेका मात्रै थिए तर प्रत्यक्ष अनुभूतिको महसुस यसपटक भयो । उनले भारतमा पुगेर लुम्बिनीका धेरै चित्र कोर्ने योजना सुनाए ।

अमेरिकाकी मिनी भेलेरोले पनि क्यामेरामा लुम्बिनीका दर्जनौँ चित्र कैद गरेका छन्। मायादेवीकै आँगनका बसेर २ वटा चित्र बनाएकी मिनीले अमेरिका फर्किएपछि शान्तिभूमिका धेरै चित्र कोर्ने बताएी छन् । क्यानडाका चित्रकार अतानुर डोगान विश्वकै एक महत्वपूर्ण धार्मिक र शान्तिपूर्ण क्षेत्र लुम्बिनी भएको भन्दै यसले आफूलाई प्रभावित बनाएकाले चित्रमार्फत नै विश्व शान्तिको सन्देश प्रभाव गर्ने प्रतिक्रिया दिए ।

काठमाडौंका चित्रकार लालकाजी लामाले लुम्बिनीलाई स्वर्गको महसुस गर्दै सुन्दर चित्र बनाए । मोरङकी सारोजा खड्गीले अहिलेको मानवीय व्यवहारले बुद्धमा निरास भएको महसुस गरी बुद्धको सन्देशबाट व्यवहार परिवर्तन गर्नुपर्ने कुरा चित्रमा उतारेको बताए ।

नेपाली चित्रकार डी बराल, डिराम पाल्पाली, भीम श्रेष्ठ, केशवराज खनाल, महेन्द्र राई, विनोद गुप्ता, मनोज तामाङ, डिबी राई, सुरेश स्याङ्तान, विक्रम प्रजापति, प्रकाश मानन्धर, कान्छाकाजी भासिमा, गोपाल दराई, जीवन पौडेल, अनन्तमणि आचार्य, दीपेन्द्रमान बनेपालीले यहाँका सुन्दर, शान्त दृष्य तस्वीरमा उतारेको छन् ।

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालले दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सवअन्तर्गत देश र विदेशका ४० भन्दा बढी चित्रकारलाई सहभागी गराएर बुद्धभूमिका चित्र उतार्न लगाएको थियो ।

यसले विश्व शान्तिको भूमि भनेर विश्वमा पहिचान दिलाउने र पर्यटन प्रवद्र्धन हुने विश्वास रहेको समाजका अध्यक्ष एनवी गुरुङले बताए । ४ दिन लुम्बिनी घुमेपछि चित्रकार आज राजधानी काठमाडौं फर्किएका छन् ।