२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गरीबी र अशिक्षा नै मानव बेचबिखनका कारण : महान्यायधिवक्ता खरेल

अ+ अ-

काठमाडौं । महान्यायधिवक्ता अग्निप्रसाद खरेलले नेपालमा गरीबी, अज्ञानता तथा अशिक्षा नै मानव बेचबिखनको मुख्य कारणा भएको बताएका छन् ।

माइती नेपालले आज यहाँ आयोजना गरेको लैड्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार ‘ भन्ने नाराका साथ आयोजना गरेको कार्यक्रममा बोल्दै महान्यायधिवक्ता खरेलले मानव बेचबिखनको अन्त्य गराउन देशका सबै सरकारी वकिललाई कडाइकासाथ कानूनअनुसार कार्यान्वयनमा ल्याउन निर्देशन गरिएको जानकारी गराए ।

उनले लोभ, लालच, धम्कीका कारण पीडितले अभियोग फिर्ता लिने गरेको दुःखेसो व्यक्तगर्दै मानव बेचबिखन सम्बन्धी परेका मुद्दामा अदालतले निरन्तर सुनुवाइ गर्नुपर्नेमा जोड दिए ।

अदालतले पटक/पटक मानव बेचबिखन गर्ने व्यक्तिलाई उपस्थित गराउन पत्रचार गरे पनि प्रहरीले उपस्थित नगराउने गरेको बताउँदै त्यस प्रकारका गतिविधिलाई अन्त्य गराउन प्रहरी प्रशासनलाई कडाइका साथ अघि बढ्न आग्रह समेत गरे ।

कार्यक्रममा अधिवक्ता अनिता थापाले १४६ जना मानव बेचबिखनमा परेका व्यक्तिसँग सोध तथा अनुसन्धान गरिएको तथा २४ वटा सर्वोच्च अदालतका मुद्दालाई विश्लेषण गरी अध्ययन गरिएको जानकारी गराए ।

उनले अध्ययनका क्रममा विशेषत अशिक्षा तथा रोजगारीको बहानामा मानव बेचबिखन हुने गरेको बताए । माइती नेपालका कार्यबहाक अध्यक्ष विश्वराम खड्काले कानूनी हकअधिकारमा पीडित अनभिज्ञता हुनु बेचबिखनको मुख्य कारण भएको बताए ।