२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिक उड्डयनलाई व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्ने

अ+ अ-

काठमाडौं । आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ ।

दिवसका सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विहान प्रभातफेरी आयोजना ग¥यो ।

सिनमामङ्गलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म गरिएको प्रभातफेरीमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, क्यानका महानिर्देशक सञ्जिव गौतमलगायत मन्त्रालय, क्यान, विमानस्थल र नेपाल वायु सेवा निगमका कर्मचारी एवं पर्यटन व्यवसायीको सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल परिसरमा पर्यटनमन्त्री अधिकारीले नेपालको राष्ट्रिय झण्डा र आइकाओको झण्डोत्तोलन गरे ।

सो अवसरमा मन्त्री अधिकारीले नागरिक उड्डयन क्षेत्रको व्यावसायिकता र गरिमालाई विश्वस्तरका सबै उड्डयन संस्थासँग प्रतिस्पर्धी हुने गरी जिम्मेवार ढङ्गले काम गर्न दिवसले प्रेरणा मिलोस् भनी कामना गरे ।

नागरिक उड्डयन क्षेत्रको संरचना संसारभर एउटै मापदण्डको हुनुपर्ने र यदि त्यसो नभए उड्डयनको प्रभावकारिता नहुने भन्दै उनले उड्डयन क्षेत्रमा काम गर्ने कर्मचारीले आफ्नो क्षमता अभिवृद्धि गरी दत्तचित्त भएर काम गर्नुपर्नेमा जोड दिए ।

मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गन (आइकाओ) ले नेपालको उड्डयन क्षेत्रलाई गम्भीर सुरक्षा चासोलाई हटाइसकेको अवस्थामा युरोपेली सङघ (इयू) ले नेपाली हवाई क्षेत्रलाई आफ्नो आकासमा उडान प्रतिबन्ध गर्नुको औचित्य नरहेको भन्दै आइकाओको चासोअनुरुप नेपालले सम्पूर्ण काम पूरा गरेकाले चाँडै हट्ने विश्वास व्यक्त गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले आइकाओको मापदण्डअनुरुप उड्डयनको सुरक्षा, सेवा गुणस्तर अभिवृद्धिमा लागिपरेको उल्लेख गरे ।

सन् १९०३ डिसेम्बर ७ तारिखका दिन अमेरिकी नागरिक राइट ब्रदर्सले पहिलोपटक हवाई जहाजको यात्रा गरेको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।

सन् १९९४ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाको ५०औँ वार्षिकोत्सवका अवसरमा दिवस मनाउन शुरु गरिएको हो । पछि संयुक्त राष्ट्रसङ्घको महासभाले पनि डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका रुपमा मान्यता दिएको थियो । सन् १९५७ मा नेपालमा नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो । रासस

प्रतिक्रिया दिनुहोस