२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोजनाको अनुगमन र मुख्यमन्त्रीसँग भिडियो संवाद गर्न ‘एक्सन रुम’

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय गौरवका आयोजनाको अनलाइन अनुगमन गर्नका लागि ‘एक्सन रुम’ बनाउने प्रक्रिया शुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको अनुगमन र प्रदेशमा मुख्यमन्त्रीसँग भिडियो संवाद गर्नका लागि विशेष कक्ष (एक्सन रुम) बनाउने प्रक्रिया शुरु गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका प्रवक्ता विनोदकुमार कुँवरले जानकारी दिए ।

उनले ‘एक्सन रुम’ निर्माण गर्नका लागि २ वटा कम्पनीले प्रस्ताव आह्वान गरेका छन् । मङ्गलबारसम्म एक्सन रुमका लागि प्रस्ताव आह्वान गरिएको थियो । नेपालमा त्यस्ता रुम बनाउनका लागि दुई वटा मात्र कम्पनी रहेकाले ती दुवैले प्रस्ताव पेश गरेको छन् ।

अहिले प्रस्तावको प्राविधिक पक्षबारे अध्ययन भइरहेको प्रवक्ता कुँवरले जानकारी गराए । कक्ष निर्माणका लागि कम्पनीको छनोट गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव यमलाल भुसालको संयोजकत्वमा समिति गठन गरिएको छ ।

उक्त समितिले कक्ष निर्माणका लागि कम्पनीको प्रस्ताव हेरेर स्वीकृत गरेपछि निर्माण प्रक्रिया शुरु हुने उनले जानकारी गराए। उनका अनुसार एक हप्ताभित्र ती दुईमध्ये एक कम्पनीलाई छनोट गरिसक्ने र छनोट गरिएको चार हप्ताभित्र उक्त रुम बनाइसकिने छ ।

प्रधानमन्त्री कार्यालयको दोस्रो तलामा उक्त कक्ष बनाइने तयारी रहेको छ । प्रधानमन्त्री कार्यालयको एक्सन रुमको साथै आयोजना स्थान र प्रदेश मुख्यमन्त्रीको कार्यालयमा समेत उक्त यन्त्र जडान गरिने छ ।

कक्षमा जडान गरिएका यन्त्रमार्फत प्रधानमन्त्री ओलीले सिधै राष्ट्रिय गौरवका ११ आयोजनाको अनलाइन अनुगमन गर्ने छन् ।’एक्सन रुमबाट प्रधानमन्त्रीले सिधै आयोजनाको काम के भइरहेको छ भनेर अनुगमन गर्न सक्नु हुनेछ’, उनले भने, ‘आयोजनाको प्रगति हेरेर प्रधानमन्त्रीले निर्देशन दिन्छन् ।’

यसैगरी प्रदेश सरकारसँग समन्वय गर्नका लागि प्रधानमन्त्री ओलीले उक्त एक्सन रुमबाट नै प्रदेश मुख्यमन्त्रीसँग भिडियो संवाद गर्ने छन् । ‘प्रधानमन्त्रीले प्रदेश मुख्यमन्त्रीसँग निरन्तर मुलुकको विकासका लागि संवाद गर्नुपर्ने हुन्छ’, उनले भने, ‘प्रधानमन्त्रीलाई भेट्न सधैँ प्रदेश मुख्यमन्त्री काठमाडौं आउन नपरोस् भन्नका लागि एक्सन रुमबाटै नै सिधै प्रधानमन्त्रीले मुख्यमन्त्रीसँग भिडियो संवाद गर्ने छन् ।’