काठमाडौं । तिलगंगामा कपडा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ ।
सर्लाहीको हरिवन घर भइ गौशाला बस्दै आएकी ३० वर्षीया कपडा व्यवसायी प्रमिला वाग्लेमाथि खुकुरी प्रहार भएको हो ।
प्रहरीले घटनामा स्रलग्न भएको आरोपमा भारतको विहार घर भइ तिलगंगा बस्दै आएका १८ वर्षीय आनन्द कुमारलाई पक्राउ गरेको छ ।
वाग्लेमाथि सोबार दिउँसो खुकुरी प्रहार भएको थियो । प्रहरीले जानकारी पाए लगत्तै उनलाइै आम अस्पताल लगिएको थियो । उनी अहिले खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
घटनाको कारण खुल्न नसकेको र यसबारे प्रहरीले अनुसन्धान गरिरेहेको छ ।







