राष्ट्रिय खेलकुदमा पश्मिाञ्चलबाट पाँचसय ४२ जना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय खेलकुदमा पश्मिाञ्चलबाट पाँचसय ४२ जना


६ पुस २०७३, बुधबार


पोखरा। सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७३ मा पश्चिमाञ्चल विकास क्षेत्रबाट पाँचसय ४२ जना खेलाडी सहभागी हुने भएका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराद्वारा मंगलवार आयोजित छनोटमा परेका खेलाडीको बिदाइ एवम् पत्रकार भेटघाट कार्यक्रममा समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले यस क्षेत्रबाट विभिन्न ३० वटा खेलमा प्रतिस्पर्धा गराइने जानकारी दिएका छन् ।

उनका अनुसार पुस ८ देखि १५ गतेसम्म विराटनगरमा हुने प्रतियोगितामा खेलाडीको अतिरिक्त टोली प्रशिक्षक र व्यवस्थापक गरी कुल एक सय छ जनाको सहभागिता हुनेछ । मंगलवार पोखरा रङ्गशालामा आयोजित एक समारोहबीच व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले प्रतियोगिताका लागि छनोटमा परेका खेलाडीलाई बिदाइ गरेका छन् ।

फुटबलका अन्तर्राष्ट्रिय खेलाडी अनिल गुरुङलाई पश्चिमाञ्चल विकास क्षेत्रको झन्डा र भलिबल खेलका अन्तर्राष्ट्रिय खेलाडी मञ्जु गुरुङलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै अधिकारीले खेलाडी अनुशासन र लगनशील भएमा सफलता हासिल गर्न सकिनेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस