पर्सा । पर्सागढी नगरपालिका -३ बडनियार बस्ने १३ वर्षीय आर्यन तामाङको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । आर्यनको बुधबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले १ थान भरुवा बन्दुक बरामद गरेको छ । घटनाको कारण खुल्न नसकेकाले प्रहरीले मृतकका मामा सन्तोष घलेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।







