१ लाख ४० हजार घुससहित प्रहरी नायव उपरीक्षक पक्राउ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

१ लाख ४० हजार घुससहित प्रहरी नायव उपरीक्षक पक्राउ


२८ कार्तिक २०७५, बुधबार


पक्राउ

काठमाडौं । १ लाख ४० हजार घुससहित काठमाडौं प्रहरी बृत्त, बौद्धका प्रहरी उपरीक्षक श्यामकुमार राई पक्राउ परेका छन् ।

सेवा ग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा राईलाई अख्तियारले पक्राउ गरेको हो ।

सेवाग्राहीसँग सोनी कम्पनीको टिभी खरिद गरी ल्याईदिनु भनी जिन्सी सामानको रूपमा घुस र टिभी आफैले खरिद गरी ल्याउने र सो खरिद गरे बापतको बिलको भुक्तानी दिनको लागि सेवाग्राहीलाई पटक–पटक फोन गरी घुसररिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले पक्राउ गरेको आयोगका सहसचिव तथा प्रवक्त्ता रामेश्वर दंगालले बताए ।

उपरीक्षक राईलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को (घ) बमोजिम बिगोसहित जरिवाना र कैद माग दाबी सहित बिशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस