२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगरक्षेत्रको फोहरमैला खोलामा फाल्दा वातावरण दुर्गन्धित

अ+ अ-

लहान । फोहर व्यवस्थापनका लागि डम्पिङसाइट नहुँदा सिरहाको गोलबजार नगरपालिकाको बजार क्षेत्रबाट सङ्कलित फोहरमैला नजिकैको खोलामा फ्याँकिदै आएको छ ।

गोलबजार नगरपालिकाले बजार क्षेत्रबाट दिनहुँ सङ्कलन हुने फोहरमैला गोलबजार नजिकै रहेको मैनावती खोलामा फाल्ने गरेकाले त्यस क्षेत्रको वातावरण दुर्गन्धित हुनाका साथै खोला किनारमा फोहरको थुप्रोसमेत बढ्दै गएको छ ।

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको मैनावती खोलाको पुल नजिक दिनहुँ अव्यस्थित तरिकाले फोहर फ्याँल्दा खोलासँगै रहेको विद्यालय र गाउँबजार प्रदूषित बन्दै गएको स्थानीयवासीले बताएका छन् । खोलामा फ्याँकिने गरेको फोहरका कारण बजार क्षेत्र तथा राजमार्र्गबाट आवतजावत गर्ने यात्रुसमेत नाक थुनेर हिँड्ने गरेको स्थानीयवासी विजयकुमार सिंह बताउँछन् । फोहरको उचित व्यवस्थापन नहुँदा विभिन्न किसिमका रोगसमेत फैलिने सम्भावना रहेको सिंहको भनाइ छ ।

फोहर व्यवस्थापन गरी कुहिने फोहरबाट मल उत्पादन गरी नगरपालिका तथा गाउँपालिकामा समेत आयमा वृद्धि हुनसक्ने अवस्था हुँदाहुँदै पनि नगरपालिकाले त्यसतर्फ उचित ध्यान नदिँदा स्वास्थ्यको जोखिम बढेको सिरहाका सरसफाइदूत धीरेन्द्रकुमार साह बताउँछन् ।

केही दिनअघि गोलबजार नगरपालिकाले सूचना जारी गर्दै आफूखुशी फोहर नफाल्न र फालेको भेटिए कारवाही हुने बताए पनि नगरपालिकाले आफेँले बनाएकोे ‘समृद्ध र स्वच्छ’ नगरको नारालाई लत्याउँदै खोलामा सिधैँ फोहर फ्याँल्दा आफूहरू समस्यामा परेको स्थानीयवासीको कथन छ ।

यता गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले फोहर फ्याँल्ने कुनै डम्पिङसाइट नहुँदा अस्थायी रूपमा मात्र खोला किनारमा फोहरमैला व्यवस्थापन गरिँदै आएको बताउदै डम्पिङसाइट निर्माणका लागि जग्गा र बजेटसमेत व्यवस्थापन भइसकेकाले छिट्टै निर्माण हुने जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस