२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यक्रम दराजमा थन्काउन नभई कार्यन्वयन गर्न : मुख्यमन्त्री पौडेल

अ+ अ-

ललितपुर । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नीति तथा योजना आयोगले बनाउने कार्यक्रम दराजमा थन्काउन नभएर तत्काल कार्यन्वयन गर्नु पर्ने बताएका छन्।

कार्यक्रममा बोल्दै उनले हरेक काम व्यवस्थित र पारदर्शी बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘प्रदेश सरकार स्थापना भएको छोटो समय भए पनि जनताको अपेक्षा धेरै छन्, हामीलाई मत दिएर जिताएकाले हामीसँग आशा गर्नु स्वभाविक हो ।’

सङ्घ र स्थानीय सरकारको सहयोग नभइ प्रदेश सरकार एक्लैले केही गर्न नसक्ने मुख्यमन्त्री पौडेलले बताए । अहिले धेरै विषयमा समन्वय भएको छैन । उनले भने, ‘सङ्घीय सरकारले प्राविधिक विद्यालय स्थापना, १५ श्याको अस्पताल स्थापना भनेपनि हामीसँग कुनै छलफल भएको छैन ।’

प्रदेशसभा सदस्य अष्ठलक्ष्मी शाक्यले योजना समेटेर अवधारणापत्र बनाउन ढिलाइ गर्न नहुने बताए । सम्भावनाका आधारमा प्रदेशले सबैलाई उछिन्न सक्नेछ भन्दै उनले देश विकास गर्नका लागि सत्तामा भएका मात्रै नभएर सबै मिलेर लाग्नुपर्ने धारणा व्यक्त गरे। उनले भने, “यतिका व्यवस्था परिवर्तन गर्नसक्ने हामीले देश बनाउन सक्नुपर्छ ।”

आयोगले बनाएको विज्ञ टोलीका समूह नेता डा. पिताम्बर शर्माले कृषि र उद्योग दुबैमा सम्भावना रहेको बताए । विज्ञ पूर्णचन्द्र भट्टराईले रसुवा जस्ता कम विकसित जिल्ला र काठमाडौंलगायतका जिल्लामा साक्षर जनसङ्ख्याको अनुपातमा धेरै अन्तर भएको बताए। अर्का विज्ञ शोभा लामाले सामाजिक सुरक्षा सेवाग्राहीको एकीकृत अभिलेखको आवश्यकता रहेको औंलाए ।

चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमको समीक्षासँगै आगामी वर्षका लागि योजना तथा कार्यक्रम छनोटका विषयमा सो कार्यक्रममा छलफल भएको हो । प्रदेश नं. ३ को आवधिक योजना तर्जुमका लागि प्रदेशसभा सांसद, स्थानीय सरकार र विज्ञलगायतका बीचमा छलफल भएको थियो । रासस