२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजगढ– भरतपुर रेलमार्गको डिपिआरका लागि आशयपत्र माग

अ+ अ-

काठमाडौं । कूल १३६ किलोमिटर लामो निजगढ, हेटौँडा– भरतपुर रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयारीका लागि रेल विभागले आशयपत्र माग गरेको छ ।

मेची– महाकाली रेलमार्ग खण्डमा नै पर्ने उक्त रेलमार्गको नयाँ डिपिआर निर्माणका लागि आशयपत्र माग गरिएको विभागका सूचना अधिकारी अमन चित्रकारले जानकारी दिए । नयाँ प्रस्तावअनुसार पूर्व–पश्चिम राजमार्गको समानान्तर रुपमा रेलमार्ग गरिनेछ । चितवन राष्ट्रिय निकुञ्ज भित्रबाट रेलमार्ग निर्माण गर्दा जैविक एवं पर्यावरणको नोक्सानी हुने र ठूलो मात्रामा रुख काट्नुपर्ने भएकाले नयाँ मार्गको पहिचान गरिएको हो ।

निजगढ चोकबाट १० किलोमिटर पश्चिम हुँदै भरतपुर र नवलपरासीको अमरापुरी जोड्ने गरी नयाँ रेलमार्गको प्रस्ताव गरिएको हो । यसअघि निकुञ्जभित्रबाट गरिएको डिपिआरले काम नगरेपछि नयाँ डिपिआर तयारीका लागि आशयपत्र माग गरिएको विभागको भनाइ छ । विभागका सूचना अधिकारी चित्रकारकाअनुसार आयशपत्र पेश गर्ने अवधि केही दिन बाँकी रहेको छ । केहीले आशयपत्र बुझाएका छन्, भने केही कम्पनी सम्पर्कका आएका छन् ।

छानिने परामर्शदाता कम्पनीले वातावरणीय, जैविक तथा भौगोलिक रुपमा अध्ययन गर्नुपर्नेछ । यस्तै ठेक्का कागजात तथा परियोजना कार्यान्वयनका लागि कार्ययोजना समेत तयार पार्नुपर्नेछ । आशयपत्र पेश गर्ने परामर्शदाता कम्पनीमध्ये उत्कृष्ट कम्पनी छनोट गरी डिपिआरको काम सम्पन्न गरिने विभागले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले निकुञ्ज बाहिरबाट नै रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा यसअघि नै सहमति भएको बताए ।

निकुञ्जबाट रेलमार्ग लैजान खोजिएको भन्दै स्थानीयवासी र सरोकार भएकाले आपत्ति जनाएपछि मार्ग नै परिवर्तन गरिएको हो । निकुञ्जका सूचना अधिकारी अर्यालले निकुञ्जको मध्यवर्ती क्षेत्रबाट भने रेलमार्ग पर्ने भएको छ । पूर्व–पश्चिम राजमार्गको समानान्तर रुपमा निर्माण हुने रेलमार्गमध्ये निजगढ– हेटौँडा–भरतपुर खण्डका हाल वातावरणीय प्रभाव मूल्याङ्कनको काम समेत जारी छ । रेलमार्गको मार्ग नै परिवर्तन भए पनि नयाँ काम गर्नुपरेको विभागको भनाइ छ । आशयपत्र पेश गर्ने कम्पनीले डिपिआर तयार पारेपछि निर्माण शुरु गर्ने योजनामा विभाग छ ।

यस्तै विभागका सूचना अधिकारी चित्रकारकाअनुसार बुटवल पश्चिम खण्डमासमेत डिपिआरको काम जारी छ । विभिन्न चार खण्डमा विभाजन गरेर उक्त रेलमार्गको डिपिआरको काम जारी रहेको र एकाध महीनाभित्रै सम्पन्न हुनेछ । मेचीबाट शुरु हुने पूर्व–पश्चिम रेलमार्ग कञ्चनपुरको गड्डाचौकीसम्म पुग्नेछ । सो रेलमार्गको कूल लम्बाइ करीब ९४६ किलोमिटर रहेको छ । रासस