२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साझेदारीबाट मात्रै दिगो शान्ति र समृद्धि : गृहमन्त्री थापा

अ+ अ-

काठमाडौं । गृहमन्त्री थापाले समुदायसँगको साझेदारीबाट मात्रै दिशो शान्ति कायम हुने विश्वास व्यक्त गरे । नेपाल प्रहरीले ल्याएको अवधारणा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्री थापाले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने मुलुकको सपना साकार पार्न शान्ति र सुरक्षा सुनिश्चित हुनुपर्ने बताए ।

शान्ति र सुरक्षित समाज निर्माणका लागि आजको दिनलाई ऐतिहासिक दिनको सङ्ज्ञा दिँदै गृहमन्त्री थापाले भने, “दिगो शान्ति, सुशासन, कायम गर्न अपराधलाई निस्तेज पार्नुपर्छ, विकास र समृद्धिको बाधक भनेकै अपराध हो, नेपाल प्रहरीको यो अवधारणाले अपराध रोक्न महत्वपूर्ण भूमिका खेल्छ ।”

प्रहरीले मात्रै शान्तिसुरक्षा कायम गर्न नसक्ने भएकाले साझेदारी कार्यक्रममा सक्रिय हुन समुदायलाई उनले अपिल गगरे। अहिलेसम्म अस्थिरता निम्त्याउने तत्वलाई नियन्त्रण गर्न नसक्दा समृद्धि हासिल गर्न नसकिएको उनको जिकिर थियो । देशमा मदिरा र लागुऔषधको दुरुपयोगले हिंसा र अपराध बढेकामा चिन्ता प्रकट गर्दै गृहमन्त्री थापाले यसलाई निस्तेज पार्ने नयाँ अभियान थालिएको समेत जानकारी गराए।

गृहसचिव प्रेमकुमार राईले मुलुकको शान्ति र सुव्यवस्थामा शान्तिसुरक्षा र सुशासन पहिलो शर्त रहेको औँल्याए । शान्तिसुरक्षामा देखिएको समस्या साझेदारी कार्यक्रमले समाधान गर्ने विश्वास राईको छ । उनले विगतका कमजोरी दोहोरिन नदिनतर्फ प्रहरीलाई सचेत गराए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले टोलटोलमा पुग्ने गरी निर्माण भएको संयन्त्र आफैँमा महत्वपूर्ण रहेको बताए । उनले स्थानीय तहको वार्षिक कार्यक्रमका रुपमा उक्त अवधारणा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रहरी नागरिकको साझेदारीले शान्तिसुरक्षा प्रभावकारी हुने भन्दै कार्यक्रमको प्रशंसा गरे। कलाकार मनोज गजुरेलले संयुक्त अभियान आफैँमा महत्वपूर्ण भएको भन्दै कार्यक्रम सफल पार्न नागरिकको भूमिका पनि उत्तिकै जिम्मेवार रहेको प्रतिक्रिया दिए ।