काठमाडैं । तीनकुनेमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
गए राति बा ४६ प ४७९२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सड्क छेउको रेलिङमा ठोक्किँदा मोटरसाईकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिका–५ जिलु घर भई हाल भक्तपुर दधिकोट बस्ने ५१ वर्षीय हरिबहादुर बस्नेतको मृत्यु भएको हो।
गम्भीर घाईते भएका बस्नेतको निजामती अस्पताल मिनभवनमा उपचारका क्रममा राती १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।







