२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज राति मृगशिरा उल्का वर्षा (तारा खसेको देखिने)

अ+ अ-

काठमाडौं । हेलीको पुच्छ्रे ताराका कारण हुने मृगशिरा उल्का वर्षा आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने भएको छ ।

उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर अर्थात् मृगशिरा उल्कावर्षा नाम दिइएको हो । उल्का वर्षा हेर्नका लागि सोमबार बिहान ३ः४५ बजेपछिको समय उत्तम हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

अत्यधिक उल्का वर्षाको बेला प्रतिघण्टा २० सम्म उल्का देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । ती उल्का वर्षाको गति प्रतिसेकेण्ड ६७ किमीसम्म हुने भएकाले करीब ७० किमीमाथिको वायुमण्डलमा घर्षण पैदा भएको दृश्य देखिन्छ ।

पुच्छ्रे ताराले सूर्यको परिक्रमा गर्ने क्रममा नजीक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छाड्छ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रे ताराको नजीक पुग्छ, तब ती धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्छन् । यसैलाई हामी उल्का वर्षा भन्छौँ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ ।

बेलायती खगोलशास्त्री ‘एडमण्ड हेली’ ले न्यूटनको गुरुत्वाकर्षणसम्बन्धी सिद्धान्तका माध्यमले सौर्यमण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुच्छ्रेतारा पत्ता लगाएको हुनाले यसलाई ‘हेलीको पुच्छ्रेतारा’ भनिएको हो । यसले ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्छ । सन् १९८६ मा देखिएको यो पुच्छ्रेतारा अब सन् २०६१ मा देखिने सोसाइटीले जनाएको छ । रासस