२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजानिक स्थल तथा स्वास्थ्य संस्थामा स्तनपान कक्ष स्थापना हुने

अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजानिक स्थल तथा स्वास्थ्य संस्थाहरूमा स्तनपान कक्ष बनाउने भएको छ । चालु आवमा ३० वटा स्तनपान कक्ष स्थापना गर्ने तयारी भइरहेको उक्त मन्त्रालयका परिवार स्वास्थ्य महाशाखा प्रमुख डा. आरपी विच्छाले जानकारी दिए । महाशाखाले देशका विभिन्न ३० वटा स्वास्थ्य संस्थालाई मातृ तथा बालमैत्री अस्पतालका रुपमा विकसित गर्ने कार्य समेत अगाडि वढाएको छ । टेकुस्थित स्वास्थ्य सेवा विभागको भवनमा स्तनपान कक्ष स्थापना भैसकेको छ । यस अधि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालमा समेत स्तनपान कक्ष बनाइएका थिए ।

“ सातवटै प्रदेशलाई समेट्ने गरी ३० वटा स्वास्थ्य संस्थालाई मातृ तथा बालमैत्री अस्पतालको रुपमा विकास गर्न उपकरण, जनशक्ति तथा औषधिको व्यवस्था गर्दैछौँ, स्थान छनौट गर्ने कार्य कार्य अगाडि बढिरहेको छ । ”

अर्कोतर्फ ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ऐन २०७५’ मा सरकारी, गैरसरकारी, निजी सङ्घ संस्थाले आ–आफ्ना कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दुध चुसाउन छुट्टै कोठाको व्यवस्था गर्नुपर्ने प्रावधान छ । संविधानको मौलिक हक कार्यान्वयन गर्न संसदले सो सो ऐन बनाई जारी गरेको थियो ।

पछिल्लो समय मन्त्रालयले शिशु मृत्युदर घटाउन स्तनपानलाई प्रवर्द्धन गर्दै आएको छ । शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) र नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) क्रमशः ३३ र २३ रहेको छ । पाँचवर्षमुनिका बालमृत्युदर (प्रतिहजार जीवित जन्ममा) ३८ तथा मातृमृत्युदर (प्रतिलाख जीवित जन्ममा) २५८ मा झरे पनि शिशु, बाल तथा मातृ मृत्युदर घटाउनका लागि उल्लेख्य रुपमा प्रगति भएको देखिदैन । स्तनपानलाई सबैभन्दा पुरानो र पहिलो खोप मानिनुका साथै मुखबाट दिइने सुरक्षित खोप पनि भनिन्छ । डा. कृष्ण पौडेल भन्छन्,“आमाको दूधमा रोग निरोधक तत्व हुन्छ, यसले नवजात शिशुमा रोगसित लड्नसक्ने क्षमता बढाउँछ । शिशुलाई चाहिने सम्पूर्ण आहार नै दूध हो ।

स्वास्थ्य सर्वेक्षणका अनुसार जन्मेको एकघण्टाभित्र ५५ प्रतिशत नवजात शिशुले मात्र आमाको बिगौती दूध चुस्दछन् । यसैगरी दुईवर्षभित्र निरन्तर दूध चुस्ने बालबालिकाको सङ्ख्या ८८ प्रतिशत छ ।

शिशुका लागि सबैभन्दा सुरक्षित पानीको स्रोत पनि दूध हो ।” शिशुलाई स्तनपान गराउनाले गर्भ निरोधकको काम हुने, शिशु जन्मनासाथ छातिमा टाँसेर राख्दा पाठेघर खुम्चिने प्रक्रियालाई सक्रिय पारी सालनाल निस्कन सहयोग पु¥याउने र रक्तस्राव समेत बन्द गर्न मद्दत पुग्ने तथा आमाको तनाव समेत कम हुने उनी बताउँछन्। अर्कोतर्फ स्तनपानलाई प्रवर्द्धन गर्न ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु विक्रीवितरण नियन्त्रण ऐन २०४९’ तथा नियमावली २०५१ लागू गरिएपनि यसको प्रभावकारी अनुगमन नहुँदा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु भने विक्री बढिरेहको पाइन्छ ।