२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगलागी नियन्त्रण गर्न एक लाख लिटरको ट्याङ्की निर्माण

अ+ अ-

खोटाङ । आगलागी नियन्त्रण गर्न प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा एक लाख लिटर पानी सञ्चित गर्न सकिने पानी ट्याङ्कीसहितको आधुनिक धारा निर्माण गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रु २५ लाख ८७ हजार ५०० लगानीमा दिक्तेलस्थित अस्पताल चोकमा सुविधायुक्त धारासहितको पानी ट्याङ्की निर्माण गरिएको हो ।

बजारक्षेत्रको पुरानो तथा विभिन्न जातजातिको मृत्यु संस्कारमा उपयोग हुँदै आएको मूलधारालाई स्तरोन्नति गर्दै आधुनिक धाराका रुपमा विकास गरिएको नगर प्रमुख दीपनारायण रिजालले बताए । “उक्त ट्याङ्कीमा सङ्कलन भएको पानी तत्काल उपलब्ध गराउन सकिन्छ”, उनले भने, “नगर क्षेत्रभित्र हुन सक्ने आगलागीका घटनालाई तत्काल नियन्त्रण गर्न पानी सञ्चित केन्द्र निर्माण गरिएको हो ।”

नवनिर्मित धाराको माथिल्लो भागमा किरियापुत्री बस्ने व्यवस्थित संरचना एवं स्नानस्थल, पानी तताउने ग्यास गिजरसमेतको सुविधा मिलाइएको छ । वर्षैंदेखि जीर्ण अवस्थामा रहेको मूलधारालाई पछिल्लो समय सुविधायुक्त बनाइएपछि स्थानीय उपभोक्ता हर्षित भएको निर्माण उपभोक्ता समितिका सचिव दधिराम श्रेष्ठले बताए ।

पानी सञ्चित नहुँदा यसअघि दिक्तेलस्थित रत्नपार्कमा भएको आगलागीमा ठूलो क्षति भएको थियो । नगरपालिकामा दमकल भए पनि सञ्चित पानी नहुँदा बजारमा विस्तार गरिएको पाइप काटेर पानी प्रयोग गरी आगलागी नियन्त्रण गरिएको थियो । रासस