२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वृद्धाश्रमका वृद्धवृद्धालाई दशैँ : ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’

अ+ अ-

बुटवल । यतिबेला जताततै बडादशैँको चहलपहल छ । दशैँका लागि किनमेल गर्नेलाई भ्याइनभ्याई छ । कामको सिलसिलामा टाढा गएका आफ्ना सन्तानहरु घर फर्किएका कारण बुबाआमाहरुमा खुशीको सीमा छैन । तर बुटवलको सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैँजु वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई भने बडादशैँ ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको छ ।

सबैतिर बडादशैँको रौनक छाउँदा यो आश्रममा बस्ने वृद्धवृद्धालाई दशैँले छोएकै छैन । आफ्नै सन्तान र आफन्तका कारण आश्रममा जीवन व्यतित गर्न बाध्य उनीहरु दशैँमा पनि खिन्न मन बनाएर बसेका छन् । “चाडबाड आएर के गर्नु आफ्ना परिवारसँग चाड मनाउन नपाएपछि हामीलाई दशैँ आएर के पो भयो र ?”, ८७ वर्षीय पहलेरोका क्षेत्रीले दुःखेसो पोखे ।

रोल्पा वेदधाराबाट दुई वर्षअघि वृद्धाश्रममा आइबसेका क्षेत्रीलाई परिवारको खुशी कहिल्यै मिलेन । सम्पत्तिका कारण आफ्नै एक मात्र छोराले मुद्दा मामिला गरी घर निकाला गरेपछि वृद्धाश्रमको सहारामा बाँचेका क्षेत्री खान र बस्न पाउनुलाइ नै खुशी ठानेका छन् । “म त बेवारिसे भइसकेको थिएँ, धन्न वृद्धाश्रममा आश्रय पाएँ यसैमा खुशी छु, मलाई कुनै चाडपर्वको महत्व छैन”, उनी भन्छन्, “आफ्नै छोरा र नातिले नसोचेको व्यवहार गरे, उमेर छउन्जेल उनैका लागि भारतमा मरी मरी पसिना बगाएँ, अहिले बूढेसकालमा यो हालत भयो ।”

विगत १० वर्षदेखि वृद्धाश्रममै जीवनयापन गरेका रामेछापका रामबहादुर श्रेष्ठको मन पनि चाड आउँदा खिन्न हुन्छ । उमेरले ७३ वर्ष पार गरेका श्रेष्ठका एक छोरी छन् । उमेरमै जीवन साथी गुमाएका श्रेष्ठलाई परिवारको कुरा गर्दा भक्कानो छुट्छ । आश्रममा बस्नेलाई के को चाड, दिए खाने हो आँसु झार्दै श्रेष्ठ भन्छन्, “परिवारसँग मिलेर चाड मनाउन त भाग्यमै रहेनछ ।” उमेरले झण्डै ९० पुग्न आँटेकी गुल्मी रिडिका वृद्धा चमेली बजिमयको व्यथा पनि उस्तै छ । जन्मँदै आफनो छोराको मृत्युले सन्तानविहीन बनेपछि बहिनीको छोरालाई आफनै सन्तानसरह माया दिएर हुर्काएकी चमेलीलाई उनैले झुक्काएर वृद्धाश्रम पु¥याए । “जसलाई छोरा बनाएर लालनपालन गरेँ, उसैले यहाँ छोडेर गयो”, चमेली भन्छन्, “मैले त कहिले दशैँ, कहिले तिहार सबै बिर्सें ।”

चमेलीको कुरामा सहमति जनाउँदै पाल्पा तानसेनका शीलप्रभा शाक्यले पनि सन्तानले नहेर्दाको पीडा मन छुने गरी व्यक्त गरे । “खान बस्न त यहाँ पनि केही समस्या छैन, तर परिवारको माया साथको अभाव जहिले खड्किन्छ उनलाई”, अरूको सहारामा बसेकालाई चाडको अर्थ नहुनेरैछ ८० वर्षीय शाक्यले भने ।

सबैजनालाई परिवारकै सदस्यले यहाँ छोडेर गएका हुन । कति गएदेखि फर्केर पनि आउँदैनन् । आफ्नै सन्तान र आफन्तले आश्रममा ल्याएर छोड्दा कस्को मन रुँदैन र ? १५ वर्षदेखि आश्रममा वृद्धवृद्धालाइ रेखदेख गर्दै आएकी माया रेश्मी भन्छिन्, “त्यो सम्झँदा सबैजना रुन्छन् पछि आफै मन बुझाउँछन् ।”

बुटवलका समाजसेवी स्वर्गीय गणेशमान सैँजुले आफ्नो दिदीको स्मृतिमा २०६१ सालमा यो आश्रम स्थापना गरेका थिए। आठ जना वृद्धवृद्धा रहेको यो आश्रममा सबैजना ७० वर्षमाथिका छन् । वृद्धाश्रमका लागि सैँजु परिवारले रु १५ लाखको अक्षयकोष स्थापना गरेको छ । त्यसबाट आउने ब्याजले आश्रमको खर्च धानिएको आश्रमका सञ्चालक अनुपमान सैँजुले जानकारी दिए । त्यसबाहेक विभिन्न सङ्घसंस्थाहरुले आश्रमका लागि सहयोग दिने गरेका कारण सञ्चालनका लागि सहज भएको बताए ।