जनताको समस्या हल गर्ने जिम्मेवारी जनप्रतिनिधिको काँधमा छ : नरबहादुर धामी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जनताको समस्या हल गर्ने जिम्मेवारी जनप्रतिनिधिको काँधमा छ : नरबहादुर धामी


३१ आश्विन २०७५, बुधबार


कञ्चनपुर । सांसद नरबहादुर धामीले जनताको समस्या हल गर्ने जिम्मेवारी जनप्रतिधिको काँधमा रहेको बताए ।

मङ्गलबार दशैँका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सांसद धामीले सो कुरा बताएका हुन् ।

उनले भने, ‘जनताले समस्या समाधान गर्ने जिम्मेवारी दिएको छ, त्यसलाई पूरा गर्ने दायित्व जनप्रतिनिधिको काँधमा आएको छ, हामी जनताका भरिया हौँ, चुनावमा उठाइएका मुद्दा थाँती राख्दैनौँ।’

उनले प्रतिनिधिसभामा गरीब बस्तीका आधारभूत सुविधाका कुरासँगै वर्षौदेखि भोगचलन गर्दै आएको ऐलानी जग्गाको लालपूर्जा, आरक्ष विस्थापित पुनःस्थापनका कुरा, मुक्तकमैया, बाढीपीडित र सुकुम्वासीका कुरा उठाएको चर्चा गर्दै कानूनले पूर्णता पाउने बित्तिकै सबै कुरा पूरा हुने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस