२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्इ दिनमै सकिए संस्थानका खसीबोका

अ+ अ-

काठमाडौं । सरकारले दशैँका अवसरमा उपत्यकामा बिक्री गर्न ल्याएको ३०७ वटै खसीबोका बिक्री भएको छ ।

नेपाल खाद्य संस्थानले मकवानपुरबाट ३०७ वटा खसीबोका खरिद गरेर ल्याएको थियो । दाङलगायत पश्चिमी जिल्लाबाट करिब हजार खसीबोका खरिद गर्ने लक्ष्य राखिए पनि संस्थानले पश्चिमी क्षेत्रबाट खसीबोका खरिद गर्न नसकेपछि मकवानपुरबाट ल्याएको हो ।

निजी क्षेत्रका व्यापारीले कृषकलाई उच्च मूल्य दिएका कारण लक्ष्यअनुसारको खसीबोका खरिद गर्न नसकिएको संस्थानका प्रवक्ता शङ्करप्रसाद सापकोटाले जानकारी दिए । संस्थानले सोमबार बिहानसम्म ६५० च्याङ्ग्रा बिक्री गरिसकेको छ । मुस्ताङबाट ९२० च्याङ्ग्रा खरिद गरी ल्याइएको थियो ।

खसीबोका प्रतिकिलो ५०० र च्याङ्ग्रा प्रतिकिलो ७०० रूपैयाँमा बिक्री वितरण गरिएको संस्थानले जनाएको छ । थापाथलीस्थित संस्थानको धान गोदामबाट ती खासीबोका, च्याङ्ग्रा सर्वसाधारणका लागि बिक्री गरिएको थियो ।

यसअघिका वर्षमा खसीबोका तथा च्याङ्ग्रा बिरामी परेर संस्थानलाई नोक्सान हुने गरे पनि यसपटक भने कुनै पनि चौपाया बिरामी नपरेको प्रवक्ता सापकोटाले बताए ।

संस्थानले मुस्ताङबाट च्याङ्ग्रा प्रतिकिलो ५२५ रूपैयाँ र मकवानपुरबाट खसीबोका प्रतिकिलो ४३० मा खरिद गरेर ल्याएको थियो । मङ्गलबार साँझसम्म च्याङ्ग्रा बिक्री गरेर सक्ने लक्ष्य संस्थानको छ ।

बाँकी च्याङ्ग्रा बिक्री गरेपछि मात्र आर्थिक कारोवारको तथ्याङ्क सार्वजनिक गरिने संस्थानले जनाएको छ । संस्थानले गत शुक्रबारदेखि खसीबोका तथा च्याङ्ग्राको बिक्री सुरु गरेको थियो ।

निजी क्षेत्रका व्यापारीको एकाधिकार तोड्न सरकारले बर्सेनि संस्थानमार्फत खसीबोका तथा च्याङ्ग्रा खरिद गरी बिक्री वितरण गर्ने गरेको छ । बजारमा सरकारको उपस्थिति नहुँदा निजी क्षेत्रका व्यापारीले चाडपर्वको मौकाछोपी उपभोक्तालाई चर्को मूल्यमा खसीबोका तथा च्याङ्ग्रा बिक्री वितरण गर्दै आएको पाइन्छ ।

संस्थानको खसीबोका सकिएपछि निजी क्षेत्रका व्यापारीबाट उपभोक्ता ठगिनु नपरोस् भन्ने उद्देश्यले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खसी बजारको अनुगमनालाई तीव्रता दिएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले अस्वभाविक मूल्य राखेर खसीबोका बिक्री गरेको पाइए व्यापारीलाई कडा कारवाही हुने बताए । रासस