२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलेसियाका मानव संशाधन मन्त्री नेपाल आउँदै, ‘फ्रि भिसा’का लागि कात्तिक १२ गते हस्ताक्षर हुने

अ+ अ-

काठमाडौं । मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन नेपाल आउने भएका छन् । नेपाल – मलेसियाबीच भएको सम्झौता पत्रमा हस्ताक्षर गर्न कात्तिक ११ गते मन्त्री कुलेसागरन नेपाल आउने भएका हुन् ।

गत असोज १२ गते एमओयूको मस्यौदमा दुई देशबीच सहमति जुटेको थियो । कात्तिक १२ गते सो सहमतिमा दुई देशबीच हस्ताक्षर हुने छ । हस्ताक्षर पछि लगतै नेपाली कामदार पुनः मलेसिया जाने बाटो खुल्ने छ ।

समझदारीपत्रमा नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति रहेको छ । एमओयूमा हस्ताक्षरपछि कुनै पनि शुल्क तिर्नु नपर्ने गरी सहमति भएको जनाइएको छ ।

कामदारको स्वास्थ्य परीक्षण यसअघि २९ वटा मात्र मेडिकलले चलाएकामा अब नेपाल सरकारबाट मान्यताप्राप्त जुनुसुकै स्वास्थ्य संस्थाबाट कामदारको मेडिकल हुनेछ । मेडिकलका लागि ४५ सय तिर्नु पर्नेमा अब बढीमा २ हजारमा मेडिकल गरिने जनाइएको छ । त्यो पनि रोजगारदाताले दिने छ ।

एमओयू अनुसार अब नेपाली कामदारको करार अवधि दुई वर्षको हुनेछ । यसअघि  करार अवधि तीन वर्षको थियो । कम्पनीले चाहेमा २ वर्षको करार अवधिपछि पुनः कामदार फर्किन सक्ने जनाइएको छ ।

कामदार पठाउने म्यानपावर एजेन्सीले सेवा शुल्क बापत कामदारको आधा महिनाको तलब बराबरको रकम पाउने जनाएको छ तर सो रकम कामदारको तलबबाट भने काटिने छैन । मस्योदामा रोजगारदाताले सो रकम तिर्ने सहमति भएको छ ।

केही महिनादेखि नेपाली कामदार मलेसिया जान रोकिएको थियो । कामदारलाई आर्थिक शोषण गर्दै आएका विभिन्न पाँच संस्थालाई मन्त्रालयले गत जेठमा खारेज गर्दै कारबाहीको दायरमा ल्याएपछि नयाँ श्रम स्वीकृति लिएर मलेसिया जाने प्रक्रिया बन्द भएको थियो ।