२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चराङमा विमानस्थल सम्भाव्यता अध्ययन

अ+ अ-

मुस्ताङ । उपल्लो मुस्ताङको ल्यो घ्यकर दामोदर कुण्ड गाउँपालिका–१ चराङमा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन थालिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर पुष्पराज न्यौपानेको नेतृत्वमा आएको प्राविधिक टोलीले विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन गरेको हो ।

छोटो समयका लागि जिल्लाको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयवासीको सुविधाका लागि विमानस्थल निर्माण गर्न पहल गरिएको ल्यो घ्यकर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष राजु बिष्टले बताए । जोमसोम हुँदै उपल्लो मुस्ताङ भ्रमणमा जान धेरै समय लाग्ने र सडक यातायातको सहज सुविधा नभएकाले पर्यटक मारमा पर्ने गरेका छन् ।

पछिल्लो समय उपल्लो मुस्ताङको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पृथक भूगोल, तिब्बती कला र संस्कृति, ऐतिहासिक दरबार, गुफा र हिमाली जीवनशैली उपल्लो मुस्ताङका आकर्षण हुन् । चराङमा विमानस्थल निर्माण गर्न सकेमा उपल्लो मुस्ताङको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए । प्राधिकरणका इञ्जिनीयर न्यौपानेले चराङको भूगोल विमानस्थलका लागि उपयुक्त भएको बताए । विमानस्थलका लागि आवश्यक पर्ने सार्वजनिक जग्गा पर्याप्त रहेको उनको भनाइ छ । रासस