२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भेरी–बबईको ८.३ किलोमिटर सुरुङ निर्माण, लक्ष्य अगावै सकिने

अ+ अ-

सुर्खेत । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण लक्ष्य अगावै सम्पन्न हुने भएको छ । नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको टनेल बोरिङ मेशिन (टीबीएम) ले ११ महीनामा भेरी बबईको ८.३ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरेको छ ।

भेरीको पानीलाई १२ किमी लामो सुरुङमार्फत बबईमा खसालेर विद्युत उत्पादन गर्ने र बाँके–बर्दियामा सिंचाइ सुविधा पु¥याउने उद्देश्यले सरकारले राष्ट्रिय गौरवका रुपमा आयोजना अघि बढाएको हो । आयोजनाले आगामी फागुनसम्म बाँकी चार किमी सुरुङ निर्माण गरिसक्ने जनाएको छ । आयोजना प्रमुख सञ्जीव बरालले कुनै प्रतिकूल परिस्थिति सिर्जना नभए फागुनसम्म सुरुङ निर्माण पूरा हुने बताए । ‘टिबिएमले रिस्क जोनसमेत पार गरिसक्यो, भौगर्भिक अध्ययनले अब कुनै रिस्क देखाएको छैन’, उनले भने, ‘यही गतिले काम अघि बढे सम्झौता अवधिभन्दा एक वर्ष अगावै सुरुङ निर्माण भइसक्छ ।’ सरकारले सन् २०२० मार्चसम्म सुरुङ निर्माण गर्ने लक्ष्य लिएको छ ।

अमेरिकी कम्पनी रोबिन्सले उत्पादन गरेको टिबिएम चालकरहित अत्याधुनिक प्रविधिको मेशिन हो । गत वर्ष कात्तिक मसान्तदेखि मेशिनले सुरुङ खन्न थालेको हो ।

चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रुप लिमिटेड (कोभेक) ले सुरुङ निर्माण गरिरहेको छ । आयोजना बाँध र विद्युत्गृह निर्माणको पूर्वतयारीमा जुटेको छ । हाल सिंचाइ विभागले बाँध र विद्युत्गृह निर्माणसम्बन्धी प्रतिवेदन अध्ययन गर्दैछ । दुई ठूला संरचना निर्माण हुने भएकाले विभागले विस्तृतमा अध्ययनमा गरिरहेको छ । आयोजना प्रमुख बरालले प्रतिवेदन स्वीकृत भएपछि विश्वव्यापी बोलपत्र आह्वान गरिने बताए । “२०१९ को अप्रिलसम्म संरचना निर्माणअन्तर्गत पूर्वतयारीका सबै काम सक्छौं,’ उनले भने, ‘यस अवधिमा ठेक्का छनौट, जग्गा अधिग्रहण लगायतका काम सम्पन्न गरिनेछ ।’

टिबिएमले तोलीखोला आसपासको जोखिमयुक्त क्षेत्र पार नगरुञ्जेल आयोजनालाई संरचना निर्माणको पूर्वतयारीमा जुट्न कठिनाइ थियो । जोखिमपूर्ण चुरे पर्वत पार गरेसँगै यो नमूना आयोजना सफल हुने ठानिएको छ । सर्भेका बेला तोलीखोला आसपासमा सुरुङ निर्माणमा प्रतिकूलता आउन सक्ने अनुमान गरिएको थियो । त्यहाँ माटामा पानी बढी अर्थात् जमीन लेदो थियो ।

दैनिक औसत ४० मिटर खनिरहेको टिबिएमले त्यस क्षेत्रमा भने १०–११ मिटर मात्रै खनेको थियो । “रिस्क जोन पार गरेपछि द्रुत गतिमा बाँकी काम पनि अघि बढाएका छौं,’ आयोजनाकै डिभिजनल इञ्जिनीयर कृष्ण उपाध्यायले भने, ‘पाइलटिङ प्रोजेक्ट भएकाले सुरुङ नसकिँदै बाँकी संरचना निर्माणको हतारो गर्नु उचित हुन्न, यदी कुनै कारणवश सुरुङमा अवरोध देखिए ड्याम र पावरहाउसको काम अघि बढाएको कुनै अर्थ भएन ।’

छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत पर्ने चिप्लेमा बाँधस्थल बन्दैछ । आयोजना सफल हुने देखेपछि मात्र विद्युत्गृह र बाँध निर्माणसम्बन्धी विस्तृत अध्ययन थालिएको थियो । पहिलो चरणमा सुरुङ निर्माण, दोस्रो चरणमा विद्युत् उत्पादन र तेस्रो चरणमा बाँके–बर्दियामा सिंचाइ योजना विस्तार गरिनेछ । चिप्लेबाट १५ मिटर अग्लो बाँध बनाई प्रतिसेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिनेछ । त्यही पानीबाट बबई किनारमा ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

बबईमा खसालिएको पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिंचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ । स्वदेशी लगानीमा निर्माण हुने लागेको आयोजनाको कूल लागत र साढे १६ अर्ब लाग्ने अनुमान छ । बाह्रै महीना सिंचाइ उपलब्धताबाट कृषि उत्पादन बढ्न गई आयोजनाबाट वार्षिक ३.१ अर्ब अप्रत्यक्ष तथा विद्युत्बाट रु दुई दशमलव १ अर्ब प्रत्यक्ष आम्दानी हुने अनुमान छ । रासस