२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनप्रतिनिधि र पार्टीको सम्बन्ध बलियो हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

अ+ अ-

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इञ्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र जनअपेक्षालाई पूरा गर्न जनप्रतिनिधि र पार्टीको सम्बन्धलाई बलियो बनाउन अपरिहार्य भएको बताएका छन् । नेकपा कास्की जिल्ला कमिटीद्वारा विजयादशमी, शुभदीपावली, नेपाल संवत्, छठ, इद, लोसार एवं माघी पर्वको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रदेशका ११ जिल्लामा पार्टी संयन्त्र निर्माण गर्दै जनभावनाअनुरुप अघि बढिरहेको बताए ।

पार्टी सङ्गठनलाई वडा तहसम्मै व्यवस्थित गरी योग्यता, क्षमता, त्याग र रुचिका आधारमा जिम्मेवारी प्रदान गरिने उल्लेख गर्दै उनले विकास र समृद्धिका लागि क्रियाशील बन्न कार्यकर्तालाई निर्देशन दिए । संविधानको पूर्णरूपमा कार्यान्वयन गरी सङ्घीय संरचनाको सफलताका लागि जनस्तरसम्म पार्टीलाई पु¥याइने बताउँदै मुख्यमन्त्री गुरुङले जनप्रतिनिधि जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिए।

नेकपा गण्डकी प्रदेश सहइञ्चार्ज खगराज अधिकारीले सरकारले गरेका महत्वपूर्ण कामलाई स्थानीय तहसम्म पु¥याउन पार्टी कमिटी र जनप्रतिनिधि सङ्गठित भएर लाग्नुपर्ने बताए । नेकपा प्रदेश अध्यक्ष हितराज पाण्डेले पार्टीलाई व्यवस्थितरुपमा सञ्चालन गर्न प्रदेश, जिल्ला र स्थानीय तहमा सङ्गठन निर्माण पहिलो प्राथमिकतामा रहेको बताए।

पार्टी संयन्त्र कास्कीका सदस्य कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा दामोदर वैरागी र बखानसिंह गुरुङले चार वर्षभित्र जनताको पक्षमा काम नगर्ने जनप्रतिनिधिलाई पार्टीले कारवाही गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पनि उपस्थिति थियो ।