२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामको दायरा बढाउँदै हुलाक

अ+ अ-

घोराही । कुनै समय चिठीपत्र मात्रै बोक्ने हुलाकले हिजोआज अन्य विभिन्न काममा आफ्नो सेवा विस्तार गरेको छ ।

पहिले चिठीपत्र र पार्सल बोक्ने मात्रै होइन हुलाकले हिजोआज हुलाक बचत बैंक, धनादेश सेवा (घरमै पैसा पुर्‍याउने), पोस्ट बक्स सेवा, लोकसेवा आयोगको दर्खास्त फारम सङ्कलनको काम, पत्रपत्रिका, रेडियो, टेलिभिजन दर्ता, नवीकरण, पत्रपत्रिका पुर्‍याउने पठाउने गरिरहेको छ ।

त्यत्ति मात्र होइन नेपाल सरकारले हुलाक कार्यालयको नेतृत्वमा प्रत्येक सरकारी कार्यालयमा सूचना अधिकारी भए/नभएको, भए पनि आफ्नो जिम्मेवारीअनुसारको काम गरे/नगरेको र प्रत्येक तीन महीनामा सरकारी कार्यालयले प्रगति प्रतिवेदन तयार पारे/नपारेको अनुगमन गर्ने जिम्मा दिएको छ । पछिल्लो समय इन्टरनेटको कारण व्यक्तिबीचको कुराकानी सहज भएपछि हुलाकमा चिठीपत्र पठाउने ह्वात्तै घटेका छन् तर हुलाकको कामको सीमा क्षेत्र भने बढेको हुलाक कार्यालयको भनाइ छ ।

“व्यक्तिगत चिठीपत्र मात्र घटेका हुन्”, जिल्ला हुलाक कार्यालय दाङका प्रमुख बस्नेतले भने, “सरकारी र सङ्घसंस्थाको चिठी पहिलेभन्दा धेरै आउँछ ।” अहिले दाङमा एउटा प्रदेशस्तरीय हुलाक कार्यालय, १४ इलाका हुलाक सेवा र ३० अतिरिक्त हुलाक सेवा सञ्चालनमा छन् । जिल्लाभरि करीब स्थायी, करार र अतिरिक्त गरी १८० कर्मचारी खटिएका छन् । यति धेरै कर्मचारी हुँदा पनि हुलाकले कर्मचारी अभावको महसुस गरिरहेको छ ।

हुलाक कार्यालयका अनुसार दैनिक २०० देखि ५०० सम्म पत्रपत्रिका पुर्‍याउनुपर्छ भने ४० देखि ८० सम्म सङ्घसंस्था र सरकारी कार्यालयका चिठी हुन्छन् । आर्थिक वर्ष २०७४/७५ मा मात्र हुलाकले ५६ लाख ७५ हजार राजश्व सङ्कलन गरेको छ । हुलाक टिकट बिक्री, पार्सल भुक्तानी, रेडियो रोयल्टी, पत्रिका, नवीकरण, केबुल नवीकरण तथा रोयल्टी, टेलिसेन्टरको आम्दानी, काउन्टर मशिनको आम्दानी, एफएम रेडियो लाइसेन्स नवीकरण र अन्य प्रशासनिक सेवाबापतको उक्त राजश्व सङ्कलन गरेको हो ।

१४४ औँ हुलाक दिवस

यसैबीच सरकारले यस वर्षको १४४ औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रमको आयोजना गरी असोज २२, २३ र २४ गते मनाउन मातहतका कार्यालयलाई निर्देशन दिइएको बुझिएको छ । “समावेशी विकास समुन्नत अर्थतन्त्रको लागि सुदृढ हुलाक’ भन्ने मुख्य नाराका साथ यस वर्षको हुलाक दिवस मनाइन लागिएको छ । रासस