बाजुरा । बाजुरामा एक प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ । बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोक चन्द्रमाथि अज्ञात समूहले गएराति उनी सुतिरहेको समयमा ढोका फोडेर कुटपिट गरेको हो ।
राति करिब १० बजे तिर आएको तीन जनाको समूहले उनीमाथि आक्रमण गरेको हो । तपाइसँग कुरा गर्नुछ भन्दै ढोका खाल्न भनेपछि प्रशासकीय अधिकृत चन्द्रले अहिले निकै राति भइसकेको र भोली कुरा गरौला भनेपछि ढोका फोडेर आफुमाथि आक्रमण भएको बताएका छन् ।
कुटपिट गर्दा एक जनाको घडी समेत उनको कोठामै खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उता प्रशासकीय अधिकृत चन्द्रले आफुले तीन जनाको अनुहार चिन्ने भएपनि नाम थाहा नपाएको बताएका छन् ।
प्रहरीले आक्रमण कारिको खोजी भइरहेको र आक्रमणको कारणबारे अनुसन्धान थालेको जनाएको छ ।







