काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई थुनामुक्त गर्न आदेशसँगै थुना मुक्त भएका छन् ।
न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले प्रकाण्डलाई छाड्न आदेश थियो । यसअघि सर्वोच्चले पटकपटक थुनामुक्त गर्न आदेश दिँदा पनि प्रहरीले उनलाई अदालत परिसरबाटै पक्राउ गर्ने गरेको थियो ।
यसपटक भने उनलाई प्रहरीले पुनः पक्राउ गरेको छैन ।







