२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तमोर नदीमाथि मोटर चल्ने पुल निर्माण

अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङसहित पूर्वकै समृद्धिसँग जोडिएको ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथि मोटर चल्ने पुल बनेको छ । निर्माण शुरु भएको झण्डै एक दशक पुग्न लाग्दा उक्त पुलले आफ्नो स्वरुप पाएको छ ।

अढाइ वर्षभित्रै बनाउने गरी २०६६ सालमा कन्काइ, मैनाचुली र याक्थुङ्हाङ गरी तीन निर्माण कम्पनीले सडक डिभिजन कार्यालय इलामसँग करीब १० करोडको लागतमा पुल निर्माण सम्झौता गरेका थिए । विभिन्न बहाना देखाउँदै निर्माण पक्षले ढिलाइ गर्दै आए पनि पछिल्लो समयमा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईसहितका सरोकार भएकाहरुले चाँडो सम्पन्न गर्न गम्भीर ध्यानाकर्षण गराउनुभएको थियो । मेची राजमार्गको मात्रै भरमा रहेको ताप्लेजुङ अब कोशी राजमार्गसँग समेत सडक सञ्जालले जोडिएको छ ।

जिल्लाका दुई निर्वाचन क्षेत्र तथा सबै स्थानीय तहसमेत सदरमुकाम फुङलिङसँग सडक सञ्जालले जोडिएका छन् । यसअघि तमोरपारिका दर्जनौँ गाउँमा बनेका कच्ची सडक पुल नबनेका कारण प्रयोगविहीनजस्तै थिए । पुल बनेसँगै सोमबारदेखि मेरिङ्देन, आठराई त्रिवेणी र मैवाखोला गाउँपालिकाको केन्द्रसम्म सवारीसाधन पुग्न थालेका छन् । यस्तै मदन भण्डारी राजमार्ग छोटो दूरीमा नै ताप्लेजुङ तराईसँग जोडिएको छ । पुल बनेसँगै जिल्लाको आर्थिक विकास र पर्यटन प्रवद्र्धनमा सघाउन पुग्ने स्थानीयवासीको विश्वास छ ।
शुक्रबार फुङलिङ खुला हुने

चाडबाडमा उपभोक्तालाई किनमेलमा सहज होस् भन्ने उद्देश्यसहित शुक्रबार समेत ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारलाई खुल्ला राखिने भएको छ । दशैैँतिहार र छठलाई लक्ष्य गर्दै आउने शुक्रबारदेखि नै बजार खुला गरिने निर्णय गरिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

यसअघि साताको एक दिन शुक्रबार बजार पसल बन्द गरिँदै आएको थियो । चाडबाडका बेला गाउँगाउँबाट समेत ग्राहक तथा उपभोक्ता बजारमा किनमेलका लागि आउने भएकाले उनीहरुलाई सहज होस् भन्ने उद्देश्यले बजार पसल तथा व्यवसाय खुला गर्ने निर्णय गरिएको सङ्घका अध्यक्ष तारानाथ घिमिरेले जानकारी दिनुभयो । चाडबाड नजिकिएसँगै सदरमुकाम फुङलिङमा चहलपहलसमेत बढ्न थालेको छ । यही असोज १२ गतेदेखि आगामी कात्तिक ३० गतेसम्म बजार खुला हुने बताइएको छ । रासस