काठमाडौं । नवलपुरको कावासोतीमा युवतीमाथि एसिड र चक्कु प्रहार भएको छ । कावासोती नगरपालिका–१६ हरिबासकी ३० वर्षीया बसन्ती परियारमाथि सोमबार राति एसिड र चक्कु प्रहार भएको हो ।
स्थानीय ३६ वर्षीय विमल श्रीपालीले हरबासीकै ३० वर्षीया बसन्ती परियारलाई एसिड र छुरा प्रहार गरेका हुन् । विमलले बसन्तीलाई सोमबार राति एसिड छ्यापेर छुरा प्रहार गर्दा बसन्ती गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।
एसिड प्रहार गर्ने विमल श्रीपालीलाई भने गएराति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।







