सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–११ मा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बालिका बलात्कार गरेको आरोपमा भोजपुर घोंडेटार–७ रानीबास घर भई धरान उपमहानगरपालिका–११ सगरमाथा बस्दै आएका ३० बर्षीय दुर्गाबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बिकले बालिकालाई स्थानीय जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।