काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको छ ।
पर्यटन सचिव अध्यक्ष रहने निगमको संचालक समितिको स्थानमा आइतबारको क्याबिनेट बैठकबाट खरेललाई कार्यकारी अध्यक्षका रुपमा नियुक्त दिएको हो। उनलाई शुक्रबारको मन्त्रिपरिषद बैठकले सदस्यका रुपमा नियुक्त गरेको थियो ।
उच्च स्रोतका अनुसार खरेललाई महाप्रबन्धको अधिकारसहित कार्यकारी अध्यक्ष दिइएको छ । अहिलेका महाप्रबन्धक सुगतरत्न कशांकारको समय सकिन साढे ८ महिना बाँकी रहँदा उनलाई उक्त अधिकारसहित नियुक्त्त गरिएको हो ।
यसअघि खुला प्रतिष्प्रर्धाबाट महाप्रबन्धकमा छानिएका खरेलले २९ महिनामै राजिनामा दिएपछि सरकारले कशांकारलाई चार वर्षकालागि नियुक्त गरेको थियो।