२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवागढी जलविद्युत आयोजनाको सुरुङमार्गमा पहिरो, दुईको मृत्यु, नौ घाइते

अ+ अ-

रसुवा । रसुवागढी जलविद्युत आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरो गएको छ । निर्माणधिन १११ मेगावाट क्षमताको रसुवागढी आयोजनाको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।

शनिबार रातिको पहिरोमा परी मकवानपुरको हेटौंडा नगरपालिका- ११ का २२ वर्षीय रमेश कप्तौलाको घटनास्थलमै मृत्यु भएको हो भने रुकुम भूमे गाउँपालिका  -९का ५० वर्षीय भीम रोकाको स्थानीय मेडिकलमा उपचारका क्रममा मृत्यु भएको सीमा प्रहरीचौकी टिमुरेले जनाएको छ ।

आयोजनाको सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी सी.डब्लू. ईमार्फत रात्रिकालिन काम गर्न सुरुङभित्र जाने क्रममा टिप्परमाथि ढुङ्गा खस्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटनामा नौ जना घाइते भएका छन् । गम्भीर घाइते हुनेमा चिनियाँ नागरिक एमआर इथ्यो, रुकुम भूमे गाउँपालिका–२ का ३० वर्षीय टेकमान बुढा, सोही ठाउँका जगदिश रोका र कृष्णपुर नगरपालिका–१ का ३० वर्षीय प्रकाश भट्ट रहेका छन्।

त्यसैगरी घाइते हुनेमा रोल्पाको थवाङ गाउँपालिका–२ का २९ वर्षीय देउ बहादुर बुढा, सुर्खेतको घुमखोर गाउँपालिका–१० का २५ वर्षीय लोक बहादुर घर्ती मगर, रोल्पाको नेवाङ गाउँपालिका–२ का २९ वर्षीय जमिन्द्र रोका, सल्यानको बाघचौर नगरपालिका–९ का ३० वर्षीय कमल शाही र रुकुमको खावाङ गाउँपालिका–२ का २१ वर्षीय मनोज पुन रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते चार जनालाई उपचारका लागि काठमाडौं लगिएको र अन्य पाँच जनाको चिनियाँ कम्पनी सी.डब्लू.ई टिमुरेस्थित मेडिकल क्यम्पमा उपचार भइरहेको आयोजनाले जनाएको छ ।