गाईघाट । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई काठमाडौंबाट उदयपुर प्रहरीमा पुर्याइएको छ ।
नेता विश्वकर्मालाई शनिबार उदयपुर पुर्याइएको प्रहरीले जनाएको छ ।
उनलाई बम विस्फोटसम्बन्धी गतिविधि गरेका कारण आज म्याद थप गरी विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भएको बताइएको छ ।
यसअघि आधा दर्जन पार्टीका नेतालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेर विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइसकेको प्रहरीले बताएको छ ।