निर्मला बलात्कार पछि हत्या प्रकरणः सीआईबीका डीएसपीसहित ५ प्रहरी निलम्बित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

निर्मला बलात्कार पछि हत्या प्रकरणः सीआईबीका डीएसपीसहित ५ प्रहरी निलम्बित


३१ भाद्र २०७५, आइतबार


काठमाडौँ । गृह मन्त्रालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको अनुसन्धानमा संलग्न थप पाँच जना प्रहरी अधिकृतलाई निलम्बन गरेको छ ।

शनिबार बिज्ञप्ति जारी गर्दै भदौ ७ गते गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित उच्च स्तरीय छानबिन समितिले शनिबार गृहमन्त्री रामबहादुर थापा समक्ष पेश गरेको प्रतिवेदनका आधारमा जिम्मेवारीपूर्वक काम गर्न नसकेका दुई डिएसपीसहित ५ जनालाई थप अनुसन्धानका लागि निलम्बन गरेको जनाएको छ।

प्रतिवेदनमा बालिका हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारीपूर्जक गर्न नसकेका केही सुरक्षाकर्मी समेतलाई नै अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरिएको छ ।

प्रतिवेदनका आधारमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) डिल्लीराज विष्ट (यसअघि नै निलम्बन) सहित प्रहरी नायव उपरीक्ष(डीएसपी) ज्ञानबहादुर सेटी, अंगुर जिसी, प्रहरी निरीक्षक जगदिश भट्ट, प्रहरी निरीक्षक एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिवेदनमा अन्य केही संदिग्ध ब्यक्तिलाई पनि छानबिनको दायरामा ल्याएर अनुसन्धान गर्न निर्देशन दिएको छ।

विज्ञप्तीमा भनिएको छः घटनालाई सरकारले गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेकाले अपराधी पत्ता लगाई कारवाही गर्ने विषयमा सबैले सहयोग गर्न अनुरोध समेत गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस