२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्माण व्यवसायी महासङ्घ अध्यक्षमा देउजाको उम्मेदवारी

अ+ अ-

भक्तपुर । नेपाल निर्माण व्यवसायी महासङ्घको आगामी असोज ४, ५ र ६ गते हुने २०औँ साधारणसभा एवं ११औँ महाधिवेशनमा महासङ्घका वर्तमान महासचिव रामशरण देउजाले अध्यक्षमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

निर्माण व्यवसायी सङ्घ भक्तपुरले आयोजना गरेको कार्यक्रममा आज देउजाले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुनव् । महासचिव देउजाले ‘अहिलेको आवश्यकता युवाको सामूहिक नेतृत्व र ऐक्यबद्धता, अग्रजको सम्मान र व्यावसायिक अनेकताभित्रको एकता, विकेन्द्रीकरण र अवसरको सुनिश्चितता यही हो मेरो प्रतिबद्धता’ भन्ने नाराका साथ निर्वाचनमा उम्मेदवारका रुपमा उभिएको उनले बताए ।

उनले मुलुक समृद्धिको यात्रामा अगाडि बढेको अवस्थामा समृद्धिको प्रमुख आधारका रुपमा रहेका निर्माण व्यवसायीको छाता संस्था निर्माण व्यवसायी महासङ्घलाई अहिले सर्वसम्मत नेतृत्वको आवश्यकता रहेको बताउँदै महासचिव देउजाले यदि सर्वसम्मत नेतृत्व चयन हुन सक्ने अवस्थामा भने आफू सहमतिको बाधक नबन्ने प्रष्ट पारे ।

भेलामा महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा भक्तपुर सङ्घका सल्लाहकार वीरेन्द्र थापाले महासङ्घको महाधिवेशनमा प्रदेश नं ३ को तर्फबाट उपाध्यक्ष बन्ने घोषणा गरेका छन् ।

भेलामा निर्माण व्यवसायी सङ्घ प्रदेश नं ३ का पूर्वअध्यक्ष कृष्णलाल भँडेल, सङ्घका संस्थापक अध्यक्ष मधुराम लामिछाने, पूर्वअध्यक्ष केशव न्यौपाने, राजाराम न्हिसुतु, वर्तमान अध्यक्ष नीरञ्जन बजगाईंलगायतले देउजा र थापाको उम्मेदवारी व्यक्तिको मात्र नभई भक्तपुर निर्माण व्यवसायी सङ्घकै उम्मेदवारी र प्रतिष्ठाको विषय भएकाले एकताबद्ध भएर दुवै उम्मेदवारलाई निर्वाचित गराउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । रासस