काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले भोलि संसदमा जवाफ दिने भएका छन् ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे सरकारसँग जवाफ माग्दै प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले आज प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो ।
निर्मला पन्तको हत्या, रोल्पामा तरुण दलका नेताको हत्या र पत्रकार पक्राउबारे समेत प्रधानमन्त्रीको जवाफ माग्दै कांग्रेसले संसद अवरुद्ध गरेको थियो ।
सरकारले संसदमा भोलि जवाफ दिने प्रतिवद्धतापछि संसद अवरोध हटेको छ ।