२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं. ४ कै पहिलो कार्यालय बन्यो जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

अ+ अ-

बागलुङ । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय प्रदेश संरचना अनुशार आफ्नै भवन निर्माण गरी कार्यालय संचालन गर्ने पहिलो कार्यालय बनेको छ ।

प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले बागलुङ जिल्ला सदरमुकाममा स्थापना गरी प्रदेश नं ४ कै पहिलो बनेको हो ।

नवनिर्मित कार्यालयको मंगलबार उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका कार्यवाक प्रमुख विष्णु प्रसाद भुषालले कार्यालयको स्थापनाले जिल्लामा सिंचाईको राम्रो व्यवस्था हुनुका साथै कृषिमा आत्मनिर्भरता बढ्ने विश्वास व्यक्त गरे । उनले स्थानीय तहसँग समन्वय गरेर अगाडी बढ्न पनि सुझाव दिएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बागलुङ विपद जोखिम युक्त क्षेत्रमा पर्ने जिल्ला भएको उल्लेख गर्दै विपद एवं जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा यस कार्यालयबाट महत्वपूण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले जिल्लास्थित सबै कार्यालहरुबाट यसप्रति सहयोग रहने प्रतिवद्धता समेत जनाए ।

त्यसैगरी उर्जा विकास महाशाखाका प्रमुख श्रवण खनालले कार्यालय स्थापनासँगै लक्ष हासिल गर्न सहज हुने बताए । डिभिजन प्रमुख खगेन्द्र भट्टचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यालयका सवइन्जिनियर दीपक बहादुर थापाले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।

पश्चिमाञ्चल सिंचाई विकास डिभिजन कार्यालय र जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालयलाई समायोजन गरी जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय स्थापना गरिएको कार्यालयका खरिदार सुनिल थापाले बताए ।