२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उडान थप्दै अन्तर्राष्ट्रिय विमान कम्पनी

अ+ अ-

काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेपछि पछिल्लो समयमा अन्तर्राष्ट्रिय विमान कम्पनीले नेपालमा एकपछि अर्को उडान थप्दै लगेका छन् । थाइल्याण्डको थाइलाइन एयरले नेपालमा उडान शुरु गरेको दुई साता नबित्दै ओमनको सलाम एयरले आजदेखि काठमाडौंमा उडान शुरु गरेको छ ।

हाल विभिन्न ३२ अन्तर्राष्ट्रिय विमान सेवा प्रदायकले काठमाडौंमा उडान गर्दै आएका छन् । नेपालको व्यावसायिक समूह आइएमइले प्रवर्द्धन गरेको आइएमइ इन्टरनेशनल ट्राभल्सको संयोजनमा ओमनको सलाम एयरले काठमाडौं उडान शुरु गरेको हो । कूल १७४ सिट क्षमता रहेको सो विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

सस्तो भाडामा नै सेवा दिने लक्ष्यका साथ आफूहरूले ओमनको ‘बजेट एयरलाइन्स’ भित्र्याएको आइएमइ समूहका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । यात्रुले १६ हजार भाडा तिरेर ओमन उड्न सक्ने व्यवस्था गरिएको छ । सो एयरलाइन्सले आजदेखि नियमितरूपमा हरेक दिन बिहान ८ बजे अवतरण र ८ः४० मा उडान भर्ने गरी तालिका मिलाइएको छ ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आइएमइ समूहका अध्यक्ष ढकालले सस्तो मूल्यमै जहाज चढेर ओमन जान आउन पाइने गरी व्यवस्था मिलाइएको बताए । “वैदेशिक रोजगारीका लागि ओमन जाने नेपालीको सङ्ख्या पछिल्लो दिनमा बढ्दै गएको छ । सलाम एयरको उडान तालिकापछि सहज र सरल मूल्यमा हवाइयात्रा गर्न सहज व्यवस्था मिलाइएको छ”, अध्यक्ष ढकालले भए ।

ओमनको पहिलो बजेट एयरलाइन्सको रूपमा सन् २०१७ देखि व्यावसायिक उडान शुरु गरेको हो । सलाम एयरले मस्कटलाई केन्द्र बनाएर कूल १७४ सिट क्षमताको एयरबस ३२० जहाजले विभिन्न १५ स्थानमा उडान गर्दै आएको छ । काठमाडौं उडान थपिएपछि सो विमान कम्पनीको १६ औँ गन्तव्य भएको हो ।

सलाम एयरले ढाका, बाकु, टिबलिस, दोहा, दुबइ, सिलकोट, मुल्तान, कराँची, खार्तुम, जेद्दा, सलाला, सुहार, मस्कट र काठमाडौंमा उडान भर्नेछ । सलाम एयरले यात्रुको सुविधालाई मध्यनजर गर्दै तीन प्रकारका हवाइभाडा निर्धारण गरिएको छ ।

नेपालको पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने र सरकारको २०२० सम्मको पर्टयक पर्यटक भित्र्याउने लक्ष्य राखेकामा नयाँ विमान कम्पनीले सहयोग पु¥याउने विश्वास लिइएको छ । सो विमान कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवं चालक मोहम्मदले नयाँ गन्तव्यका रूपमा नेपालमा उडान भर्न पाउँदा आफूलाई खुशी लागेको बताए ।

नेपाल र ओमन पुरानो सम्बन्ध भएको मित्र रहेको उल्लेख गर्दै उनले मित्रतालाई हवाइ उड्डयनमार्फत जोडिएकामा प्रशन्नता व्यक्त गरे। कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थलको व्यस्त कार्यतालिकाबाट मिलाएर बिहानको समयमा उडान तथा अवतरणको कार्यतालिका मिलाइएको जानकारी दिए।

उनले नेपाली कामदार लैजान मात्रै नभइ ओमनका पर्यटन भित्र्याउन समेत सो विमान कम्पनी सहयोगी हुने विश्वास व्यक्त गरे । महाप्रबन्धक क्षेत्रीले भने, “सलाम एयरले सातामा सात होइन १४ उडान गरोस् भन्ने हाम्रो चाहना छ ।” रासस

प्रतिक्रिया दिनुहोस