२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत भ्रमण फलदायी र उपलब्धीमूलक : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकेर आज स्वदेश फिर्ता भएका छन् । बिहीबार भारत प्रस्थान गरेका अध्यक्ष प्रचण्डले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, परराष्ट्र मन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भारतीय कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गरेका थिए ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा पत्रकारसँग कुरा गर्दै उनले भ्रमण फलदायी र उपलब्धीमूलक भएको बताए । ‘प्राय उच्च तहमा लामो छलफल गर्ने अवसर कही कत्तै मिल्दैन तर यसपाली त्यस्तो अवसर मिल्यो’, दाहालले भने, ‘प्रधानमन्त्री मोदीजीसँग नेपाल भारत सम्बन्धका विविध आयामका बारेमा विस्तृत रुपमा असाध्यै सकरात्मक कुराकानी भयो । यसले धेरै राम्रो सन्देश प्रवाह भएको छ ।’

चीनका राष्ट्रपति सि जिङ पिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच भएको रणनैतिक वार्ताबारे प्रधानमन्त्री मोदीको भनाई उदृत गर्दै अध्यक्ष दाहालले भने, ‘चीन र भारतले ४०० वर्ष अघिसम्म ५१ प्रतिशत भन्दा बढी विश्व अर्थतन्त्रमा बर्चश्व कायम गरेको थियो, तर ४०० वर्ष यता बिग्रिएर घटेको र फेरी एकपटक यहाँको अर्थतन्त्र र सभ्यतालाई पुनः एसियामा स्थापित गर्नुपर्छ भन्ने रणनैतिक कुराहरु उनले गम्भीता पूर्वक बताए ।’

अध्यक्षले भारत भ्रमणका क्रममा आफूले नेपाल–भारत सम्बन्धदेखि विकास, व्यापार प्रवर्धन, व्यापार घाटा हटाउने, सीमामा देखिएका समस्या समाधानलगायतका विषयमा विस्तृत रुपमा छलफल गरेको बताए ।

अध्यक्ष दाहालले प्रधानमन्त्री मोदीसँग भूकम्पको पुनर्निर्माणमा गरिएका प्रतिवद्धता कार्यान्वयनका कुरादेखि सबै विषयमा गम्भीर रुपमा लामो छलफल भएको बताए ।

अध्यक्ष प्रचण्डको स्वागतका लागि वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, बिष्णु पौडेल, सुवास नेम्वाङ, देव गुरुङ, अग्नि प्रसाद सापकोटा, देवेन्द्र पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, कानून मन्त्री भानुभक्त आचार्य, पूर्व सभामुख ओनसरी घर्ती र खानेपानी मन्त्री बीना मगरसहितका नेता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।