नुवाकोट । नुवाकोटको मैलुङपाखामा दुर्घटना ग्रस्त भएको अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु भएको छ भने एक यात्रुको जिवितै उद्दार गरिएको छ ।
हेलिकोप्टरमा सवार आनी डोल्माको जीवितै उद्दार गरिएको हो । उद्दार पछि उनलाई उपचारका लागि हेलिकोप्टरबाट मेडीसिटी अस्पताल काठमाडौं ल्याइएको छ ।
गोरखाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर ९ एन–एएलएस नुवाकोटको मेघाङ गाउँपालिका–१ बर्सङचेत मैलुङपाखामा आज बिहान दुर्घटनामा परेको थियो ।
दुर्घटनामा पाइलट निश्चल केसीका साथै डिल्लीबहादुर गुरुङ, छिरी शेर्पा, सुनिल लामा, छेवाङ नोर्वु लामा र जापानी नागरिक हिरोमी कोमात्सुको भने मृत्यु भएको छ ।