२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालपोत तथा नापी कार्यालयमा सरल भाषाका फारम

अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत तथा नापी कार्यालयमा जग्गासम्बन्धी काम गर्न सरल भाषाको फारम लागू गर्न थालिएको बताएकी छन् ।

आज मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भनिन्, “झन्झटिला ठूला फारामको सट्टा सेवाग्राही आफैंले भरेर काम गर्नसक्ने खालको सानो तर सरल भाषाको फारम लागू गर्न थालिएको हो ।”

“ठूला फारममा सेवाग्राहीले तेस्रो पक्षको सहयोग लिनुपर्दछ, जसले गर्दा उनीहरुलाई अतिरिक्त रकम दिनुपर्ने बाध्यता छ”, मन्त्री अर्यालले भनिन्, “सेवाग्राहीले आफैँले भर्नसक्ने खालको फारम अब लागू गर्दछौँ, यसबाट सेवाग्राहीलाई अनावश्यक खर्चे व्यहोर्नु पर्दैन ।”

मन्त्री अर्यालले पहिलो चरणमा आगामी हप्ताबाट अनलाइन प्रणाली लागू भएका ३० वटा मालपोत तथा नापी कार्यालयमा ती सानो साइजका फारम भर्ने व्यवस्था लागू गरिन लागेको उल्लेख गर्दै यो व्यवस्था लागूभएपछि तेस्रो पक्षको सहयोग लिनुनपर्ने र विचौलियाकोसमेत अन्त्य हुने बताइन् ।

नागरिकको बढी भीडभाड हुने कार्यालयको बेथितिलाई रोक्न मन्त्रालयले विशेष अभियान सञ्चालन गर्न लागेको छ, उनले भनिन्, “आफ्नो मातहतका १३१ कार्यालयमा चाँडै नै अनलाइन प्रणालीबाट सेवा दिन थालिने छ ।”

मन्त्री अर्यालले मालपोत तथा नापी कार्यालय सुधारका लागि हालै ११ बुँदे निर्देशनसमेत दिइएको बताउँदै केही महिनाभित्रमा नै जनताले अनुभूति गर्ने खालको काम आफूले गर्ने धारणा व्यक्त गरिन ।

नयाँ बन्न थालेको भूमि विधेयकमा जमीन नभएका दलितलाई समेत एक पटकका लागि जग्गा दिने व्यवस्था गरिएको जानकारी दिदैं उनले नापी कार्यालयले प्रकाशन तथा प्रमाणित गरेको नक्सामात्र प्रयोग गरिने बताइन । रासस