काठमाडौं । निजामती कर्मचारीहरूले मन्त्रिपरिषद्मा पेश गरिएको संघीय निजामती सेवा ऐनको विधेयक संशोधन गर्न माग गरेका छन् । उनीहरूले यसबारे बुधबार प्रधानमन्त्रीलगायत अन्य सरोकारवालालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
उनीहरूले बुधबार मुख्य सल्लाहकारमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । यस्तै, संघीय ममिला तथा सामान्य प्रशासन मन्त्री, लोक सेवा आयोगका अध्यक्ष, मुख्यसचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई ध्यानाकर्षण बुझाएका हुन् ।
मन्त्रिपरिषद्मा पेश भएको विधेयकले निजामती सेवाको सुन्दर पक्षलाई तहसनहस बनाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । ‘प्रस्तावित विधेयक यहीरूपमा ऐन बनेमा निजामती सेवाको कार्यसम्पादन स्तर खस्किने, क्षमतावान कर्मचारीहरूको मनोवल गिर्ने तथा प्रतिभा पलायन बढ्ने देखिन्छ, जसले अन्ततोगत्वा सम्माननीय प्रधानमन्त्रीज्यूको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पनामा तुषारापात गर्ने देखिन्छ,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
११ सेवा समूह कायम राख्न माग
ध्यानाकर्षण पत्रमा ११ सेवा समूह कायम राख्न माग गरिएको छ । विधेयकमा सेवा समूह घटाएर आठ बनाउने प्रस्ताव गरिएको छ ।
ध्यानाकर्षण पत्रमा संशोधन गर्नुपर्ने विभिन्न विषय उल्लेख गरेका छन् ।
हेर्नुस्