अब निजामतीमा आठ सेवा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अब निजामतीमा आठ सेवा


१९ भाद्र २०७५, मंगलबार


समायोजन

काठमाडौं । निजामती सेवामा आठ सेवा रहने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको संघीय निजामती सेवा विधेयकमा आठ सेवा समूह राख्ने प्रस्ताव गरेको छ ।

अहिले निजामती सेवामा ११ सेवा समूह छन् । प्रस्तावित विधेयकमा इञ्जिनियरिङ, कृषि तथा वन, न्याय, परराष्ट्र, प्रशासन, लेखा परीक्षण, संसद्, र नेपाल स्वास्थ्य सेवा रहने छन् । यसअघि छुट्टाछुट्टै सेवा रहेका कृषि र वनलाई गाभेर कृषि तथा वन सेवा बनाउन प्रस्ताव गरिएको छ । आर्थिक योजना तथा तथ्यांक, शिक्षा र विविध सेवा खारेजको प्रस्ताव गरिएको छ । यी सेवाका कर्मचारीलाई नेपाल प्रशासन सेवा वा मिल्दोजुल्दो सेवामा राखिनेछ ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले निजामती सेवामा आठ सेवा बनाउन प्रस्ताव गरिएको जानकारी दिए ।

Sanghiya Nijamati Sewa ain 2975

प्रतिक्रिया दिनुहोस