२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्तर वृद्धि भए पनि छोटी भन्सारकै काम

अ+ अ-

नवलपरासी । मन्त्रिपरिषद्स्तरीय निर्णयबाट पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयलाई मूल भन्सारका रुपमा स्तर वृद्धि गरिएपनि कार्यान्वयनमा आउन सकेको छैन ।

दरबन्दी स्वीकृतलगायतका अधिकांश काम नहुँदा मूल भन्सार स्तर वृद्धि कार्यान्वयनमा आउन नसकेको हो । गत साउन १ गतेबाट लागू हुने गरी सरकारले मन्त्रिपरिषद्स्तरीय निर्णयबाट महेशपुर छोटी भन्सार कार्यालयलाई मूल भन्सार बनाउने निर्णय गरेको थियो ।

माथिल्लो तहबाट कर्मचारी अन्य प्राविधिक काम बाँकी रहेकाले तत्कालका लागि छोटी भन्सारको रुपमा काम गर्दै आएको महेशपुर छोटी भन्सार कार्यालयका नायब सुब्वा रामबहादुर विकले जानकारी दिए । सो निर्णय पूर्ण रुपमा कार्यान्वयन नहुँदा र सोही अनुसार कर्मचारी नआउँदा पुरानै रुपमा काम हुँदै आएको भैरहवा मूल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भूपालराज शाक्यले जानकारी दिए ।

महेशपुर छोटी भन्सार कार्यालयमा हाल तीन कार्यालय सहयोगी, एक खरिदार र दुई सुब्बा गरी कूल ६ कर्मचारी छन् । ती ६ कर्मचारी सधैँ महेशपुर छोटी भन्सार कार्यालयमा स्थायी रुपमा नबस्ने कर्मचारी हुन् । भैरहवा मूल भन्सार कार्यालयले प्रत्येक एक /एक महिनाका लागि मात्र कर्मचारी पठाउने गर्दछ ।

कोलकाता बन्दरगाहबाट सबैभन्दा छोटी दूरी भएको दाबी गरिएको महेशपुर भन्सार कार्यालयको स्तरोन्नति भएकोले अब त्यसलाई कार्यान्वयनमा ल्याउन सकिएमा यस क्षेत्रको आर्थिक वृद्धिमा योगदान पुग्ने नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ का संयोजक गुणनिधि तिवारी बताउँछन् ।

पश्चिम नवलपरासी र पूर्वी नवलपरासीमा कूल दुई दर्जन ठूला उद्योग/कल कारखाना छन् । अधिकांश उद्योग÷कल कारखानाको कच्चा पदार्थ आयातका लागि भारतीय बजारको भर पर्नुपर्ने हुन्छ । पश्चिम नवलपरासीमा रहेका महेशपुर, गेर्मी, भुवहवा र गुठीप्रसौनी छोटी भन्सारमध्ये महेशपुर भन्सार मात्र सञ्चालनमा छ ।