काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र चितवनका कार्यालय सहयोगी कृष्णबहादुर सुवेदी घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
विद्युत प्रशारण लाइनको पोल मर्मत कार्य गर्ने सिलसिलामा सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा उनलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौडाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
सुवेदी २० हजार घुस रकम सहित पक्राउ परेको अख्तियारले जनाएको छ । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको छ ।







